दोधारा
‘अहिलेको समयमा अत्यधीक गर्मी र हावाहुरीका कारण कष्टकर जिवन बिताईरहेका बादी परिवारले अब भने आफुहरुका लागी दोधारा चाँदनी नगरपालिका कार्यालयले केही व्यवस्था गर्छ कि भन्ने बलियो आशा पलाएको बिर बहादुर बादीले खुशी हुदै बताएका छन् । आफ्ना र अर्काका पीडा गीत मार्फत सुनाउदै दैनिकी चलाउन खाद्यान्न संकलन गर्दै आएको बादी घरपरिवार अहिले नयाँ जिवन जिउने रणनीति बनाउन अनेक उपाय लिएर सपना बुनेका छन् । तर उनिहरुको सपना, सपनै बनेर रहेको छ् । अबका दिनहरुमा आत्मनिर्भर भएर पीडाको जिन्दगीबाट मुक्ति पाउन चाहेको सितली बादी बताउछन् । प्रदेशका मन्त्रीको लामो लर्को गाडी संगै ठुला–बडा मान्छे आफ्नो सडक छेउको त्रिपालको घर बनाएका बसेका आफ्नो अवस्था हेर्न आएपछि बडवाल टोलका बादी घरपरिवार नेपाल सरकारले आफुहरुको समस्या समाधान गर्नेमा भने ढुक्क रहेको सितली बादीले बताए ।’
दोधारा चाँदनी नगरपालिका– ३ स्थित वडवाल टोलमा विगत दुई महिना देखि सडक किनारमा त्रिपाल मुनि गाँस बाँस र कपासको पिडाले छट्पटी रहेका बादी घर परिवारको अवस्था बुझ्न सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदी, सामाजिक विकास समितिका सभापती कुन्ती जोशी लगाएतको टोली आज दोधारा चाँदनीको बडवाल टोलमा पुगेका छन् । बादीहरुको अवस्था बुझ्न सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदी, सामाजिक विकास समितिका सभापती कुन्ती जोशी सहित प्रदेश सभा सदस्य मान बहादुर सुनार, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, उपप्रमुख चिनी ओझा गिरीको टोली बडवाल टोल पुगेका हुन् । तत्कालीन नेपाल सरकार र माओबादी द्धन्द्धको समयमा बडवाल टोलबाट द्धन्द्धको त्रासको कारण ज्यान बचाउदै जहान परिवारलाई लिएर भारत पलाएन भएका बादी घरपरिवार मध्य केही घरपरिवार फेरी फर्केर बडवाल टोल आएका हुन् । उनिहरुलाई जग्गा र रोजगारीको समस्याको कारण फिरन्ते जिवन बिताउन बाध्य भएको उनिहरुले टोलीलाई बताएका छन् ।
नेपालको द्धन्दको समयमा बडवाल टोलमा स्थानिय जोगी महता लगाएत टोलीले आफु माओबादी बताउदै बडवाल टोल तथा आसपास क्षेत्रमा आतंक मच्चाएको कारण चरम आतंक सहन गर्न नसकी ज्यान बचाउन बादी घरपरिवार भारत तर्फ बिस्तापित हुन बाध्य भएको वर्ष ३५ बिष्णु बादी सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदी लगाएत टोलीलाई जानकारी गराएका छन् । बादीका ३ घरपरिवार बडवाल टोलको जगबुडा नदी नजिक सडकको छेउमा त्रिपाल टाँगेर बस्दै आएका छन् । बादी घरपरिवारले उनिहरुको अवस्था जान्न आएका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदी लगाएतका टोलीलाई बादी घरपरिवारले आफ्नो पिडा पोखेका छन् । सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदी संग गाँस, बास र कपासको नेपाल सरकारले ब्यवस्था गरिदिन बादी घरपरिवारले आग्रह गरेका छन् । बिगतका आफ्नो झण्डै ७ बिघाह रहेको र द्धन्द्धकालमा नक्कली माओबादी बनेर आतंक मच्चाउदै आएका जोगी महता लगाएत टोलीको आतंक सहन गर्न नसकेर भारत पलाएन भएको बादी घरपरिवारका अगुवा बिर बहादुर बादीलाई बताए ।
नेपाल सरकारले जग्गा उपलब्ध गराउने खबर पाएपछि बादीका घरपरिवार फर्केर आएको बिर बहादुर बादीले टोलीलाई जानकारी गराएका छन् । टोलीले बिगतका बादी घरपरिवार भनिएको जग्गाको समेत स्थलगत अनुगमन गरेका हो । सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले वडा कार्यालय, वडाबासी तथा दोधारा चा“दनी नगरपालिका कार्यालयले बादी समुदायको समस्या तत्कालै हल गर्नु पर्ने जोड दिएका छन् । हावाहुरीको समयमा स–साना नानीहरु संग त्रिपालको सहारामा सडक छेउमा जोखिमरुपमा बस्दै आएका ३ घरपरिवारलाई दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार तथा नगर उपप्रमुख चिनी ओझा गिरीलाई सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदी लगाएत टोलीले आग्रह गरेका छन् । ‘बडवाल टोलमा त्रिपालमा जोखिम पुर्ण अवस्थामा बस्दै आएका बादी घरपरिवारलाई तत्कालै उनिहरुको खाने बस्ने ब्यवस्था वडा कार्यालय र स्थानिय सरकारले गर्नु पर्छ्’ सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले भने ।
सडक छेउमा त्रिपाल मुनी बास बस्दै आएका बादी घरपरिवारलाई उनीहरुको उचित व्यवस्थापनका लागी नगर क्षेत्रका सम्पूर्ण सरोकारवाला निकायहरु संग छलफल गरि वादी परिवारलाई खाना र बस्नको व्यवस्था गरिनु पर्ने प्रदेश सभाका सदस्य मान बहादुर सुनारले बताए । बिगतमा बादीहरुले छाडेर गएको जग्गामा अहिले आएर बिद्यालय लगाएत केही ब्यक्तीहरुले भोगचलन गदै आएको भएपनि बादी घरपरिवारलाई मानविय हिसावमा केही घर बनाउनका लागी भएपनि जग्गा उपलब्ध गराउनु पर्ने उनले बताएका छन् । उक्त जग्गा अझै सम्म एलानी रहेको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयले बादी बस्तीको जग्गाको समस्या समाधान हुनेमा आफु बिश्वस्त रहेको प्रदेश सभा सदस्य मान बहादुर सुनारले बताएका छन् । अहिलेको समयमा अत्यधीक गर्मी र हावाहुरीका कारण कष्टकर जिवन बिताइरहेका बादी परिवारले अब भने आफुहरुका लागी दोधारा चाँदनी नगरपालिका कार्यालयले केही व्यवस्था गर्छ कि भन्ने बलियो आशा पलाएको बिर बहादुर बादीले खुशी हुदै बताएका छन् ।
आफ्ना र अर्काका पीडा गीत मार्फत सुनाउदै दैनिकी चलाउन खाद्यान्न संकलन गर्दै आएको बादी घरपरिवार अहिले नयाँ जिवन जिउने रणनीति बनाउन अनेक उपाय लिएर सपना बुनेको छ् । तर उनिहरुको सपना, सपनै बनेर रहेको छ् । अबका दिनहरुमा आत्मनिर्भर भएर पीडाको जिन्दगीबाट मुक्ति पाउन चाहेको सितली बादी बताउछन् । प्रदेशका मन्त्रीको लामो लर्को गाडी संगै ठुला–बडा मान्छे आफ्नो सडक छेउको त्रिपालको घर बनाएका बसेका आफ्नो अवस्था हेर्न आएपछि बडवाल टोलका बादी घरपरिवार नेपाल सरकारले आफुहरुको समस्या समाधान गर्नेमा भने ढुक्क रहेको सितली बादीले बताए ।