नेपाल बैङ्कको सुदूरपश्चिममा पहिलो भवन निर्माणको शिलान्यास


महेन्द्रनगर

नेपालकै पहिलो सरकारी वित्तिय संस्था नेपाल बैङ्क लिमिटेडको आफ्नै भवन निर्माण कार्यको शिलान्यास गरिएको छ । बधुवार बैङ्कको शाखा महेन्द्रनगरको आफ्नै अत्याधुनिक भवन निर्माण कार्यको विधिवत् रुपमा सुभारम्भ गर्दै शिलान्यास कार्य सम्पन्न गरिएको हो । शाखा महेन्द्रनगरको आफ्नै चार तले अत्याधुनिक भवन निर्माण कार्यको उक्त बैङ्कका सुदूर पश्चिम प्रदेश प्रमुख जनक सुवेदीले शिलान्यास गर्नु भएको थियो ।

एक वर्ष भित्रै निर्माण सम्पन्न गर्ने गरि २ करोड भन्दा बढीको लागतमा नेसनल जे.भी. सँग उक्त भवन निर्माणको सम्झौता गरिएको थियो । २०७२ सालदेखि नै भवन निर्माणका लागि प्रयास गरिएतापनि विभिन्न कारणहरुले गर्दा भवन निर्माणको प्रक्रिया अघि बढ्न नसकेको र २०७४ चैत २१ गते भिमदत्त नगरपालिकाबाट भवन निर्माणका लागि नक्सा पाए भएसँगै निर्माणको थालनी भएको बैंकका महेन्द्रनगर शाखा प्रमुख महेश राज जोशीले बताउनुभयो । उहाँले बैंकले आफ्नै भवन निर्माण भएपछि अझै प्रभावकारी, सुलभ,सहज, प्रविधिमैत्री सेवा सुविधाहरु प्रवाह गर्ने योजना रहेकोे बताउनुभयो । शिलान्यास कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मरराज जोशी रहनु भएको थियो भने सभापतित्व बैंकका सुप प्रदेश प्रदेश जनक सुवेदीको रहेको थियो ।

प्रमुुख अतिथि सुपविका उपकुलपति प्राध्यापक डा.अम्मरराज जोशीले बैङ्कसँग विश्वविद्यालयले विगतदेखि सहकार्य गर्दै आएको र भविष्यमा पनि सहकार्य र समन्वय रहने उल्लेख गर्दै उहाँले समग्र सुदूरपश्चिम र स्थानीय कला, साँस्कृतिक रुपान्तरण गर्ने सामाजिक उत्तरदायित्वतर्फ आर्थिक समृद्धिसँगै काम गर्नुपर्ने विशेष जोड दिनुभएको थियो । यस्तै, बैंकका सुप प्रदेश प्रदेश जनक सुवेदीले सम्पूर्ण व्यापारी, संघसंस्था, नगरपालिका, विश्वविद्यालय र ग्राहकवर्गको साथ, सहयोग र मायाले नै आफूहरु यहाँसम्म पुगेको बताउँदै अगामी दिनमा पनि यस्तै साथ सहयोगको सबैबाट अपेक्षा गरिएको बताउनुभयो । शिलान्यास कार्यक्रममा भीमदत्त नगरपालिका १८ का अध्यक्ष राजेन्द्र पाण्डेय,पत्रकार महासंघ कञ्चनपुरका नवनिर्वाचित अध्यक्ष माधव धामी, सुपविका पदाधिकारीहरु,बैंकका कर्मचारीहरु, सञ्चारकर्मी, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।


ताजा समाचार

spot_img