दोधारा
दोधारा चाँदनी नगरपालिकाले कोरोना संक्रमण महामारी फैलिन थालेपछि विद्यालयमा पठनपाठन बन्द गरेको छ् । दोधारा चाँदनी नगरपालिकाले सोमबार देखि बैशाख १५ गते सम्मका लागी पठनपाठन बन्द गर्ने निर्णय
गरेको हो । आज दोधारा चाँदनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको सभा कक्षमा संचालन भएको दोधारा चाँदनी नगरपालिका कार्यपालिका तथा सर्वदलिय, सर्वपक्षिय बैठकको राय पछि दोधारा चाँदनी नगरपालिका नगरकार्यपालिका बैठकले कोरोना संक्रमण महामारी फैलिन नदिन आउदो १५ गते सम्म बिद्यालय बन्द गर्ने निर्णय गरेको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । नगरकार्यपालिका तथा सर्वदलिय, सर्वपक्षिय बैठकमा सरोकारवालाहरुले कोरोना भाईरस तथा दोधारा चाँदनी नगर क्षेत्रमा देखा परेको संक्रमणको बारेमा आ(आफ्नो बिचार ब्यक्त गरेका थिए । नगरकार्यपालिका तथा सर्वदलिय, सर्वपक्षिय बैठकमा बिद्यालयका प्रतिनिधी, ब्यापारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधी तथा राजनितिककर्मीको उपस्थितीरहेको थियो ।

सर्वदलिय, सर्वपक्षिय बैठक पछि बसेको दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको बैठकले आउदो १५ गते सम्मको लागी दोधारा चाँदनी नगर क्षेत्रमा रहेको सामुदायिक तथा संस्थागत लगाएत शैक्षिक संस्था पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जनाएका छन् । बढ्दो गर्मी, वातावरणीय प्रतिकूलता र कोभिड(१९ को संक्रमणलाई मध्यनजर गरी आउदो १५ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता सिजालीले बताए । बैठकले दोधारा चाँदनी नगरपालिका कार्यालय र नगरपालिका अन्तर्गत रहेका संघ(संस्थाहरु स्वास्थ्य सम्बन्धी तोकिएको मापदण्ड अपनाएर भिडभाड नहुने गरि मात्र सेवा संचालन गर्ने, सामाजिक कार्यहरु बिबाह, बर्तबन्ध तथा चाूडपर्वहरुमा बढीमा २५ जना मात्र सहभागी हुने गरि संचालन हुन दिने, भानु बहुमुखी क्याम्पसमा त्रिभुवन बिश्व बिद्यालयद्धारा संचालित स्नातक तह द्धितिय वर्षको वार्षिक परिक्षा नियमितरुपमा संचालन गर्ने, नगर क्षेत्रमा डिजे साँउण्ड लगाएत आवश्यक उपकरणहरु बजाउन पुर्णरुपमा बन्द गर्ने, पसल, होटेल तथा रेष्टुरेन्ट बिहान ६ बजे देखि बेलुका ८ बजे सम्म मात्र संचालन गर्ने, दोधारा चाँदनी नगरपालिका संग जोडिएको भारतिय खुला सिमा क्षेत्रमा आवत जावत गर्ने ब्यक्तीलाई पुर्णरुपमा प्रतिबन्ध गर्ने र अन्तराष्ट्रिय सिमा नाका गड्डा चौकीबाटनै आवात जावतको लागी सुचना जारी गर्ने निर्णय गरिएको
दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता सिजालीले बताएका छन् । यस्तै नगरकार्यपालिकाको बैठकले नगरपालिका कार्यालयबाट स्वास्थ्य सामग्रीहरु मास्क, सेनिटाईजर, पञ्जा, थर्मलगन, पिपिई लगाएत कुरा स्वास्थ्य संस्था, सुरक्षा निकायलाई उपलब्ध गराउने निर्णय गरिएको छ् ।

साथै कोरोना सम्भावितहरुलाई परिक्षणको लागी एण्टीजिन खरिद गर्ने निर्णय संगै राती ८ बजे पछिको समयमा झुण्ड बस्न प्रतिबन्ध समेत लगाईने नगरकार्यपालिका बैठकले निर्णयगरेको नगर प्रबक्ता सिजालीको भनाई रहेको छ् ।
‘कोरोना संक्रमणको जोखिम बढेको छ, भीडभाड नियन्त्रण नगरी नहुने अवस्था आयो’ नगर प्रबक्ता सिजालीली भने, ‘त्यसैले बिद्यालय बन्द संगै नगर क्षेत्र तथा दोधारा चाँदनी नगर क्षेत्र संग जोडिएको भारतिय खुला सिमा क्षेत्रमा कार्यपालिकाको बैठकले संक्रमण रोक्न कडा नियम बनाईएको हो ।’ दोधारा चाँदनी नगरपालिका कार्यालय नगरकार्यपालिकाको बैठकले कोरोना संक्रमण रोक्न गरेको निर्णयहरु कार्यान्वन गर्न ईलाका प्रहरी तयार
रहेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीले बताएका छन् । नगर क्षेत्रमा थप सुरक्षाकर्मी भोली देखि परिचालित गरि स्थानिय सरकारले गरेको निर्णय पालना गर्न आफुहरु तयार रहेको
प्रहरी निरिक्षक गिरीले बताएका छन् । सोमबार पनि प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले एण्टीजिन जाँचको क्रममा एक महिला र ४ पुरुषमा कोरोना संक्रमण देखा परेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरीले जनाएका छन् । दोधारा चाँदनी नगर क्षेत्रमा कोरोना संक्रमण अहिले आएर बढ्दै गएको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरीको भनाई रहेको छ् ।

यस्तै भानु माध्यमिक बिद्यालयमा कार्यरत २९ वर्षिय एक शिक्षकमा पिसिआर जाँचको क्रममा कोरोना संक्रमण फेला परेपछि आजै देखि भानु माध्यमिक बिद्यालयले पठनपाठन बन्द गरेको भानु माध्यमिक बिद्यालयका प्रधानध्यापक यज्ञराज पण्डितले जनाएका छन् । दोधारा चाँदनीको खुला सीमा क्षेत्रबाट अवैध रुपमा आएका भारतीय सहित नेपाली नागरिक आवत जावत संग कोरोना संक्रमण बढेको आशंका गरिएको छ् । नगरपालिका क्षेत्रमा एण्टीजिन जाँचको क्रममा दिनहु कोरोना संक्रमित देखिन थालेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले भिडभाड संगै दोधारा चाँदनी नगर क्षेत्र भारत संग जोडिएको खुला सिमा क्षेत्र भएको कारण भारतमा ब्याप्त फैलिएको कोरोना संक्रमण दोधारा चाँदनी नगर क्षेत्र प्रबेश गरेको हुनसक्ने आंकलन गरिएको छ् । समयमै स्वास्थ्य मापदण्ड नअपनाए दोधारा चाँदनी नगर क्षेत्रमा कोरोनाकै कारण ठुलो मात्रामा मानविय क्षती हुनसक्ने प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर गगन चौधरीले आशंका ब्यक्त गर्दै आएका छन् ।






