दोधारा
ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका परियात्मक कार्यक्रम सम्पन्न भएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले आयोजना गरेको परिययात्मक कार्यक्रममा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका नव आगन्तुक प्रहरी निरिक्षक भरत राज गिरी, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, नगर उपप्रमुख चिनी ओझा गिरी, वडा अध्यक्ष, भानु बहुमुखी क्याम्पस दोधारा चाँदनीका अध्यक्ष राजिव खड्का, नेपाली काग्रेंसका नेता बेल बहादुर राना, नेकपा (एमाले) दोधारा चाँदनीका नगर अध्यक्ष किशोर कुमार लिम्बु, नेकपा (माओदी केन्द्र) दोधारा चाँदनीका नगर अध्यक्ष भरत भट्ट, ब्यापारीहरु लगाएत सरोकारवालाहरुको उपस्थिती रहेका थिए ।


नेकपा (एमाले) का नगर अध्यक्ष किशोर कुमार लिम्बुले नगर क्षेत्रको शान्ती सुरक्षालाई अझ सशक्त बनाउनु आवश्यक रहेको बताउदै युवा पिडीहरु कुलतमा फस्दै गएको अवस्थामा सारोकारवालाले यस्तो बिकृतीलाई रोक्न सबै एक जुट भएर लाग्नु पर्नेमा जोड दिएका छन् । नगर क्षेत्रमा ब्याप्तरुपमा देखिएको अबैध मदिरा नियन्त्रण गर्नका लागी सबैको दायित्व रहेको बताउदै नेपाल प्रहरी संग आफु र आफ्नो पार्टी सहयोग गर्न सदा तत्पर रहेका नेकपा (एमाले) का नगर अध्यक्ष किशोर कुमार लिम्बुले बताए । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका नव आगन्तुक प्रहरी निरिक्षकको स्वागत संगै कार्यकालको शुभकामना समेत उनले गरेका थिए । उपस्थित स्थानिय, जनप्रतिनिधी लगाएतले बढ्दो सवारी सधानको लपारवाही, अबैध मदिरा, युवाहरुमा बिकृती लगाएत सशस्त्र प्रहरीले दोधारा चाँदनी नगर क्षेत्रको नेपाल–भारत खुला सिमा क्षेत्रमा गरिबहरुलाई सताउदै आएका लगाएत बिषयमा बढी केन्द्रित हुन सुझाव दिदै प्रहरी निरिक्षक भरत राज गिरीलाई आउने क्रममा जसरी स्वागत गर्न पाइयो जाने बेलामा पनि प्रभावकारी कामहरु गरेर पदोन्नति सहित बिदाइ गर्न पाइयोस भनि शुभकमना समेत ब्यक्त गरेका छन् ।

स्मरण रहोस् ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा प्रहरी निरिक्षककोरुपमा कार्यरत लाल बहादुर बम सरुवा भई उनको सट्टामा भरत राज गिरी आएका हुन् । कार्यक्रममा नव आगन्तुक प्रहरी निरिक्षक भरत राज गिरीले आफनो परिचय सहितको मन्तब्य राख्दै आफुले कानुनी दायरामा रहि समाजको शान्ति सुरक्षामा ध्यान केन्द्रित गर्ने बताएका छन् । आजको परियात्मक कार्यक्रम सहित दोधारा चाँदनी नगरपालिकाको शान्ती सुरक्षामा रहेका मुलभुत समस्याको बारेमा समेत प्रहरी निरिक्षक गिरीले जानकारी लिदै नगरको शान्ती सुरक्षा कायम राख्न सबैको सहयोग र सहकार्यको आवश्यकता रहने भएको हुदा सबैको सुझाव र सल्लाहको अपेक्षा राखेको बताए । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले नव आगन्तुक प्रहरी निरिक्षकलाई स्वागत गर्दै नगर क्षेत्रको शँन्ती सुरक्षा राख्नेमा आफु बिश्वस्त रहेको बताएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका सशस्त्र प्रहरीले गरिब जनतालाई सताउने र दैनिक उपभोग्य समान ल्याउदा समेत नछोड्ने गरेको नगर प्रमुख सुनारले गुनासो गरेका छन् । भौगोलिक द्धष्टिकोणले समेत दोधारा चाँदनी नगरपालिका स्थानियहरु सिमावर्ती भारतिय बजारमा किनमेल गर्न जादा समेत घरायसी समानलाई सिमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीले तस्कर भनि घरायसी समान नदिने गरेको उनको आरोप छ् ।







