एमालेका नगर अध्यक्ष लिम्बु बादी घरपरिवारको अवस्था बुझ्न बडवाल टोलमा

दोधारा

नेकपा (एमाले) का नगर अध्यक्ष किशोर कुमार लिम्बु बादी घरपरिवारको अवस्था बुझ्न बडवाल टोल पुगेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बादी घरपरिवारलाई गाँस, बाँसको दैनिय अवस्था रहदै आएको संचारमाध्यममा समाचार आउदै गर्दा नेकपा (एमाले) का नगर अध्यक्ष किशोर कुमार लिम्बु लगाएत टोली आज बडवाल टोलमा पुगेका हुन् । ३ घरपरिवार रहेको बादीहरुले आफुहरुले सडकमा पाल टाँगेर खान र बस्नको पिडाले छटपटी रहदै आएको बताएका छन् । नेकपा (एमाले) का नगर अध्यक्ष तथा जिल्ला सुकुम्बासी समस्या समाधान आयोगका बिज्ञ सदस्य किशोर कुमार लिम्बु सहित नेकपा (एमाले) क्षेत्र नं. ३ क्षेत्रिय कमिटी सदस्य भुवन बिहारी पन्त, राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य रामसिंह खड्का, नेकपा (एमाले) का नगर कमिटी सचिवालय सदस्य पदम रावल लगाएत नेकपा (एमाले) कार्यकर्ता भक्त बहादुर रावत रहेका थिए ।

बिगतका दिनहरुमा द्धन्द्धको बेला त्रासको कारण ज्यान बचाएर भारत पलाएन भएका बादी घरपरिवार नेपाल सरकारले जग्गा दिने खबर पाएपछि उनिहरु खुशी भएर फर्केर आएका हुन् । बिगतका आफुले कमाउदै आएको जग्गा आफु भारत पलाएन भएपछि बिद्यालयले कब्जा गरि भोगचलन गर्दै आएको र उक्त जग्गामा पाल टाँगेर बस्न खोज्दा गाँउलेहरुले बस्न समेत नदिएको बादी घरपरिवारले नेकपा (एमाले) का नगर अध्यक्ष किशोर कुमार लिम्बु सहित गएको टोली संग दुखेशो पोखे । आफुहरु चैत, बैशाख प्रचण्ड गर्मी र हावा हुरीको बेलामा पनि जगबुडा नदीको छेउ सुनसान सडकमा पाल टाँगेर बस्नु गर्दै आएका भन्दै आफुहरुको समस्या हल गरिदिन टोलीलाई आग्रह समेत गरेका छन् । बादी घरपरिवारका एक महिला सितली बादीले पिडाको बेला आफुहरुलाई कसैले नहेरेको बताउदै नेपाल सरकारले आफु र आफ्नो परिवारलाई नागरिकता प्रमाण पत्र बाहेक केही नदिएको पिडा जाहेर गरेका छन् ।

‘हामी सडकमा पाल टाँगेर बसेका छौं, कतिबेला हावाहुरी आउछ र हामी र हाम्रा नानीहरुको बिचल्ली गर्छ’ सितली बादीले पिडा पोखिन । नेकपा (एमाले) का नगर अध्यक्ष तथा जिल्ला सुकुम्बासी समस्या समाधान आयोगका बिज्ञ सदस्य किशोर कुमार लिम्बुले ३ घरपरिवार बादीहरुलाई स्थानिय सरकारले उनिहरुको खाना र बस्नको समस्या हल गर्नु पर्नेमा जोड दिएका छन् । बडवाल टोलको सडक छेउमा खाना र बस्नको समस्याबाट ग्रसित रहदै आएका बादी घरपरिवारलाई तत्तकालै दोधारा चाँदनी नगरपालिका कार्यालयले खाना र बस्नको उचित प्रबन्ध मिलाउनु पर्ने बताएका छन् । मानविय हिसावले पनि दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधीहरु गम्भिर भएर कम्तीमा उनिहरुको आधारभुत आवश्यकता तत्काल पुरा गर्न समेत नेकपा (एमाले) का नगर अध्यक्ष तथा जिल्ला सुकुम्बासी समस्या समाधान आयोगका बिज्ञ सदस्य किशोर कुमार लिम्बुले अनुरोध गरेका छन् ।

बादी घरपरिवारको अवस्थालाई हेरेपछि अध्यक्ष किशोर कुमार लिम्बुले केही आर्थिक सहयोग समेत उनिहरुलाई गरेका छन् । ‘उनिहरुको अवस्था निकै कष्टकर छ्, सबै तह तथा ताप्काबाट बादी घरपरिवारलाई सहयोग गर्नु आवश्यक छ्’ नेकपा (एमाले) का नगर अध्यक्ष तथा जिल्ला सुकुम्बासी समस्या समाधान आयोगका बिज्ञ सदस्य किशोर कुमार लिम्बुले भने । बादी घरपरिवारको समस्यालाई आफुले पहल गर्ने उनले प्रतिबद्धता जाहेर गरेका छन् । लामो समय देखि सामाजिक उपेक्षामा परेका बादी समुदायको दिनचर्या पछिल्लो समय झन कष्टकर बन्दै गएको छ् । बडवाल टोलको जगबुडा नदीको छेउ सडकमा बस्दै आएका बादी घरपरिवार झण्डै २ महिना देखि पालको मुनि जिवन गुजार्न बाध्य छन् । नदी र सडक छेउमै बस्दै आएका बादीहरु बास र खाने गाँसको चरम समस्या झेल्न वाध्य छन् । पिडाको यस घडीमा मल्हम लगाउने कोही नभएको कारण उनिहरुको जिवन झनै उदास बन्दै गएको छ् ।

जग्गाको माँग राख्दै सडकमा छेउमा पाल टाँगेर बस्नु भनेको चाही नेपाल सरकार प्रति उनिहरुको सांकेतिकरुपमा आन्दोलन हो । उनिरुले ठुलै जमघट गरेर जनप्रतिनिधीहरुलाई घेर्ने, धर्ना दिने, बिरोध गर्ने तथा आन्दोलन गर्ने उनिहरुमा साहास भने छैन् । आफ्नो कहिकतै निजी जमिन र सम्पत्ति नभएका बादी घरपरिवार सर्वसाधारण जिवन निर्वाह र आधारभूत आवश्यकता पुरा गर्नका लागि अहिले आएर आफ्नो परिवार पाल्न निकै कठोर संघर्षमा छन् । केही वर्ष गा“उ बस्ती चाहेर पीडाका गीत सुनाएर माँगी खाने बादी घरपरिवार अहिले नयाँ जिवन जिउने रणनीति बनाउन अनेक उपायको खोजीमा छन् ।

ताजा समाचार

spot_img