पूर्नस्थापनाको माग अघि सारेर आरक्षपीडितको आन्दोलन जारी

शनिबार पनि राजमार्ग बन्द गरेर सरकारको बिरोध


कञ्चनपुर
पूर्नस्थापनाको माग अघि सारेर आन्दोलनरत कञ्चनपुर कृष्णपुर नगरपालिका क्षेत्रका आरक्षपीडितले आन्दोलन जारी राखेका छन । तीन दिनदेखि पुर्वपश्चिम महेन्द्रराजमार्ग कृष्णपुर नगरपालिका क्षेत्रमा आन्दोलन जारी राखेका हुन । वर्तमान सरकारले आरक्षपीडितलाई झुटा आश्वासन दिएर पीडितको पूर्नस्थापनाका लागि कुनै पहल नगरेको भन्दै आन्दोलन गरिरहेका छन । आरक्षपीडित पूर्नस्थापनाका अभियन्ता युवा सिरोमणी कुमार ओझा(सूर्य)ले शनिबार पनि राजमार्ग क्षेत्रमा केही समय बन्द गराईएको बताए । उनले सबै सरकार बिरुद्धको आन्दोलन भएको बताए ।

May be an image of 1 person, standing, road, tree and text that says "WASHROOM"

सरकार बिरुद्धमा हुने आन्दोलनका कारण आकस्मिक काम भएका सर्वसाधारणको बाटो छेक्न नहुने यात्रीहरुको सुझाव छ । आरक्षपीडित पूर्नस्थापनाका अभियन्ता युवा ओझा(सूर्य)ले पटक पटक सरकारसंग ताकेदा गर्दा समस्या जस्ताको तेस्तै रहेको बताए । उनले गत फागुन ९गते वनमन्त्री प्रेम बहादुरले आले मगरले शुक्लाफाँटा महोत्सवमा प्रधानमन्त्री केपी शर्मा ओलीले आदेश दिए १९दिनमा आरक्षपीडितको समस्या समाधान गर्ने बोलेपनि बोलेका विषय हावा भन्दै पीडितले उनको बोलाईमा कुनै तुक र दम नभएको कटाक्ष गरिरहेका छन ।

May be an image of outdoors

‘स्वयम १०फागुनमा छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली जीले पनि आरक्षपीडितको बारेमा गोहीका जस्ता आँशु खसाले तर सिहरदरबार फर्किएपछि भुले, ‘ओझाले भने, ‘शासक वर्गको झुटा आवश्वासन सुन्दासुन्दै हामी वाक्क भएर आन्दोलित भएका हौँ ।’ ०५८ सालमा शुक्लाफाँटा निकुञ्जको विस्तारका क्रममा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको पालनामा संकटकालको मौकाछोपी जनताको घरमा आगजनी एव हात्ति लगाएर जबरजस्ती विस्थापित गरेको भन्दै पीडितले देउवा त्यसयता पटक पटक प्रधानमन्त्री हाल पनि प्रधानमन्त्रीको लाईनमा भएकाले उनले नै चासो नदिएकाले समस्या जस्ताको तेस्तै रहेको औल्याएका छन । आरक्षपीडितको पूर्नस्थापना नहुँदा उनीहरु खुला आकासमुनी बस्न बाध्य भएका छन ।


ताजा समाचार

spot_img