कञ्चनपुर
कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणीमा अस्थायी प्रहरी पोष्ट(प्रहरी चौकी)को भवन निर्माण भएको छ । चालु आर्थिक बर्ष २०७७/०७८ मा सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक सहयोगमा भवन निर्माण भएको हो । प्रतिष्ठान निर्माण सेवा प्रालिले २० लाख लागतमा भवन निर्माण गरेको थियो । ठेक्का लिएको पाँच महिनामै अस्थायी प्रहरी चौकी भवन निर्ण भएको हो ।
शनिबार एक कार्यक्रमका विच निर्माण कम्पनीले प्रहरीलाई भवन हस्तान्तरण गरेको छ । सुदूरपश्चि प्रदेश सभा सदस्य महेश दत्त जोशीको पहलमा उक्त भवन निर्माण भएको हो । भवन हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश सभा सदस्य महेश दत्त जोशीले जनताको सुरक्षाका लागि प्रहरी चौकी भवन निर्माण भएको बताए । ससद जोशीले उक्त भवन स्तरबृद्धिका लागि पहल गर्ने आवश्वासन दिनुभयो । वाणि बजार व्यवस्थापन समितिका पुर्व अध्यक्ष एव सो क्षेत्रका युवा समाजसेवि अर्जुन साउदले अस्थायी प्रहरी चौकीलाई स्थायी बृद्धि गर्नुपर्नेमा जोडदिए । ‘अहिले यो अस्थायी चौकी भएको छ, ‘उनले भने, ‘स्तरबृद्धि गरेर यहाँका जनताको सुुरक्षाका लागि सम्बन्धीत निकायले तदारुकता देखाउनुपर्छ ।’
कार्यक्रममा बिशिष्ठ अथिति रहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख उमाप्रशाद चर्तुरबेदी र कृष्णपुर नगरका मेयर हर्क हमालले प्रहरी चौकीले स्तरिय सेवा दिनुपर्नेमा जोडदिए । कृष्णपुर नगरपालिका २का वडाध्यक्ष जय नारायण जोशीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन स्थानीय समाजसेजि अमरजङ्ग शाहीले गरेको कार्यक्रममा स्थानीय राजनीतिक दल, नागरिक समाज लगायतको सहभागिता रहेको थियो । वाणिमा प्रहरी चौकी निर्माणसंगै सो क्षेत्रमा शान्ति सुुरक्षाका एव नागरिकले सहज सुविधा पाएका छन ।






