मदन आश्रीत कृषि महिला सहकारीद्वारा ब्लड क्यान्सर पिडीत सुमनलाई आर्थिक सहयोग

परिवारद्वारा उपचारका लागी सहयोगको लागि अपिल


कञ्चनपुर 
भीमदत्त नगरपालिका वडा नंं -१८ सालघारी सुकुम्वासी टोलमा सानो छाप्रो बनाई बस्दै आएका प्रकाश कामी र मधु कामीका छोरा वर्ष ४ को सुमन कामीलाई ब्लड क्यान्सर रोग देखा परेको छ । उनको वि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार भै रहेको छ । शुक्रबार मदन आश्रीत कृषी महिला समुहकी अध्यक्ष चन्द्रा खडकाको पहलमा सुमन बचाऊ अभियान मार्फत संकलन गरिएको १ लाख १५ हजार ५ सय २५ रुपैया सुमनकी आमालाई उपलब्ध गराएको छ ।

No description available.

दिनभरी मजदुरी गरी जिविकापार्जन गर्दै आएका कामीका छोरालाई दुई महिना अघि ब्लड क्यान्सर देखा परेको थियो । अहिले खड्काको पहलमा वि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार भै रहेको सुमनकी आमा मधु कामीले बताउनु भयो । अस्पतालले सुमनको उपचारको लागि रु. ८ लाख सम्म लाग्ने बताएको छ ।अत्यन्तै आर्थिक अवस्था कमजोर भएका कामी परिवारले आफै उपचार गर्न सक्ने सम्भावना नरहेकोले सबैले आर्थिक सहयोग गर्नु पर्ने खडका बताउछिन् । अस्पतालले बालकलाई पहिलो अवस्थाको ब्लड क्यान्सर देखिएकोले समयमै उपचार भए निको हुने बताएको बालककी आमा मधु कामीले बताइन् ।

No description available.
मधु कामीले सुमन बचाउ अभियानमा आफुलाई स्थानिय चन्द्रा खडका, राजु नेपाली, गायक शंकर पार्की, पार्वती चौधरी, सरस्वती दमाई लगायतले सहयोग गरेको बताइन । साथै आमा मधृले आर्थिक सहयोग गर्ने दाताहरुले एसबीआई बैंकको खाता नं. २२११५२४१४०७७२७ खातावालाको नाम प्रकाश कामीमा जम्मा गरी बालकको जीवन बचाउन सबैले सक्दो दान गर्न अनुरोध गरेकी छन् ।

No description available.


ताजा समाचार

spot_img