बझाङ्गी भित्तेपात्रो विमोचन

महेन्द्रनगर 

बझाङ्ग लोक संस्कृति संरक्षण मञ्च बझाङ कञ्चनपुरले नयाँ वर्षको अवसरमा बझाङ्गी भित्तेपात्रो विमोचन गरेको छ । संगै नयाँ वर्षको उपलक्ष्यमा मञ्चले परम्परा अनुसार पुतली सेलाउने र लोक देउडा कार्यक्रम पनि आयोजना गरेको छ । मञ्चका अध्यक्ष रतनपति जोशीको सभापतित्वमा भीमदत्त नगरपालिका–१४ बनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो ।

भीमदत्त नगरपालिकाका पूर्व नगर प्रमुख यज्ञराज जोशीले भित्तेपात्रो विमोचन गरेका थिए । संस्थाको वार्षिक कार्यतालिका अनुसार लोक संस्कृति, संरक्षण र प्रवद्र्धन सम्बन्धि कायर्उक्रम निरन्तर गर्ने मञ्चका सचिव हेमन्त बहादुर सिंहले बताए । कार्यक्रममा भीनपा–१४ का वडाध्यक्ष उत्तम बहादुर बिष्ट, शिक्षक संघ प्रदेश अध्यक्ष बिर्ख बहादुर मल्ल सहित बेदकोट, भीनपा, दोधारा–चाँदनी लगायत क्षेत्रका बझाङ्गी समुदायका मानिसको सहभागीता रहेको थियो । मञ्चका उपाध्यक्ष मोहन बोहराले स्वागत मन्तव्य राखेर कार्यक्रम सचिव सिंहले सञ्चालन गरेका   थिए ।

ताजा समाचार

spot_img