कञ्चनपुर

कञ्चनपुरकोे बेलडाँडी गाँउपालिकामा रहेको सदाशिव कृषक समुहको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । बेलडाँडी गाँउपालिका १मा रहेको सदाशिव कृषक समुहको बिहीबार एक कार्यक्रमका विच साधारण सभा सम्पन्न भएको हो । बार्षिक साधारण सभामा कृषक समुहका सदस्य एव पदाधिकारीले ग्रामिण भेगका कृषकहरुलाई आत्मनिर्भर बनाउनका लागि कृषिमा आधुनिकरण एव लगानी आवश्यक रहेकोे औल्याएका छन । सदाशिव कृषक समुहका सह सचिव मनोरज भट्टले कृषकलाई आत्मनिर्भर बनाउनका लागि समितिले सरकारी निकायसंग पहल गरिरहेको बताए । सह सचिव भट्टले कृषक समुहले सरस्वती मावि झर्नासागरको आँपखेती ठेक्का लिएको बताए ।

उनका अनुसार स्थानीयको एक हेक्टर जमिन भाडामा लिएर बेमौसमी तरकारी खेती गरिने छ । सह सचिव भट्टले हरेक किसानले मेहनत गर्दै कृषिमा आत्मनिर्भर बन्नुपर्नेमा जोडदिए । उनले एक बर्षको आयव्यय समेत प्रस्तुत गरेका छन । सदाशिव कृषक समुहका सदस्य धन बहादुर बोगटीले सबै मिलेर समुहलाई अघि बढाउँदै अघि बढ्न्पर्नेमा जोडदिदै स्थानीय सरकारले समुहको बृद्धि विकामा जोडदिए । कृषक समुहका अर्का सदस्य लाल सिह विष्टले कृषक समुह, सरकार एव किसानले एकजुट भई लक्ष्य प्राप्ती गर्नुपर्नेमा जोडदिए ।

कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेका बेलडाँडी गाँउपालिका १का वडाध्यक्ष अम्मर खत्रीले बेरोजगारी हटाउनका लागि कृषकले मेहनत गर्नुपर्नेमा सुझाव दिए । उनले वडाका तर्फबाट हुने सहयोगको प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रममा प्रमुख अतिथि एव बेलडाँडी गाँउपालिका उप प्रमुख कमला कार्कीले योजना ल्याएर गाँउपालिका आए सहयोगको प्रतिबद्धता जाहेर गर्दै आत्मनिर्भर बन्नका लागि कृषिखेती गर्नुपर्नेमा जोडदिईन । सदाशिव कृषि सहकारीका अध्यक्ष स्ुरेश सिह ऐरीको सभापतित्वमा भएको कार्यक्रको संचालन सचिव दिपा भट्टले गरेकी थिईन । कार्यक्रमा कृषक समुहका सदस्य,पदाधिकारी, उपभोक्ता, जनप्रतिनिधी लगायत स्थानीय कृषकको सहभागिता रहेको थियो ।






