महेन्द्रनगर
महेन्द्रनगरको जगदम्वा मोटर्सले किङ्ग डिलक्स प्लस नामक तीन पाङ्ग्रे अटो बजारमा ल्याएको छ । जगदम्बाले नयां मोडलको टिभिएस किङ्ग डिलक्स प्लस नामक तीन पाङ्ग्रे अटोको एक कार्यक्रमका विच उद्घाटन गरेको छ ।
टिभिएसको आधिकारीक बिक्र्रेता केजिएस ट्रेड लिङ्क प्रा.लीले सोमबार महेन्द्रनगरमा एक कार्यक्रमका बिच नयां मोडलको अटो बजारमा ल्याएको सार्वजनिक गरेको हो । जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरका प्रमुख केशवराज भट्ट र केजिएस ट्रेड लिङ्क प्रा.लीका प्रबन्ध निर्देशक शुसिल पाण्डेयले अटो अनावरण गर्दै सार्वजनिक गरेका थिए ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख केशवराज भट्टले पछिल्लो समय अटो यातायातका साधनमा सबैको पहुँच र लोकप्रिय भएको बताए । उनले अटो सुरक्षित भएपनि चालकले सावधानी अपनाउनु पर्नेमा जोड दिएका थिए । जगदम्वा मोटर्सका मार्केटिङ हेड नवराज घिमिरेले अटोको विशेषताबारे जानकारी गराउदै अटो सुरक्षित,आरामदायी र अरु भन्दा दोब्बर टिकाउ, बलियो सुरक्षित रहेको बताए । केजिएस ट्रेड लिङ्क प्रा.लीका प्रबन्ध निर्देशक शुसिल पाण्डेयले आफुहरुले व्यवसाय संगसंगै सामाजिक उत्तरदायित्व समेत निर्वाह गरिरहेको बताउँदै अटोबाट धेरैले रोजगारी पाएको बताए । कम्पनीले जेष्ठ अटो खरिदकर्तालाई प्रेम धामीलाई सम्मान समेत गरेको थियो ।







