सांकेतिक आन्दोलनमा दोधारा चाँदनीका बादी घरपरिवार

पप्पु गुरुङ्ग
‘देशकै सानो समुदायकोरुपमा रहेको बादी समुदायको संरक्षण गर्दै उनिहरुको जिवनशैली परिवर्तन गर्न सहयोग गर्नु राज्य पक्षको प्रमुख दायित्व हुनआउछ् । सरकारले आफ्नो जनताहरुको गाँस, बाँस, कपास संगै शिक्षाको ग्यारेन्टी लिन पछि हट्नु हुदैन् । २ महिना देखि बडवाल टोलमा खाना र बस्नको अभावमा पिल्सीरहेका बादी घरपरिवारलाई स्थानिय सरकार र यहाँ क्रियाशिल गैरसरकारी संघ संस्थाको ध्यान किन नगएको हो ? कहाँ गए गैरसरकारी संस्था र मानवअधिकारी बादी संस्था ? सबैले समयमै गम्भिर हुन आवश्यक छ् । सांकेतिक आन्दोलनमा उत्रेका बडवाल टोलको ३ बादी घरपरिवारका १५ जना बादीहरु जस्ता चरम पिडामा रहेकाहरुलाई थोरै भएपनि जग्गा र गाँस उपलब्ध गराउन सकेमात्रै समृद्धि आउने हो । कागजमा मात्रै सृमिद्ध र बिकास लेखेर समृद्धि आउनेवाला छैन्’।
लामो समय देखि सामाजिक उपेक्षामा परेका बादी समुदायको दिनचर्या पछिल्लो समय झन कष्टकर बन्दै गएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलको जगबुडा नदीको छेउ सडकमा बस्दै आएका बादी घरपरिवार झण्डै २ महिना देखि पालको मुनि जिवन गुजार्न बाध्य छन् । नदी र सडक छेउमै बस्दै आएका बादीहरु बास र खाने गाँसको चरम समस्या झेल्न वाध्य छन् । यही सडक भएर नेतृत्व तहमा रहेका व्यक्तिहरु आहोरदोेहोर गर्छन् । तर बादी घरपरिवारको पीडाका बारेमा हाल सम्म कसैले पनि चाँसो देखाएका देखिदैन् । सडकको छेउमै रहेको सरकारी जमीनमा उनीहरु बस्दै आएका छन् । हावाहुरी, पानी संगै सर्पको डर रहेको स्थानमा खानपानको चरम अभावमै दिन बित्दै आएको छ् । उनीहरु नेपाली नागरिकता भएर पनि नेपाली नभएको आभाष गर्दै आएका छन् ।

बिगतका दिनहरुमा बडवाल टोलमा द्धन्दको बेला त्रासपुर्ण बाताबरण श्रजना भएपछि जहान परिवार लिएर भारत पलाएन भएका बादी परिवारलाई शँन्ती पछि नेपाल सरकारले जग्गा दिने आशमा उनिहरु फर्केर दोधारा चाँदनीको बडवाल टोल आएका छन् । उनिहरु संग सा“झ बिहान खानको लागी एक मुठ्ठी अन्न समेत छैन् । दिनभरी गाँउ चहारेर माँगेको अन्नले साँझ बिहान उनिहरुको चुल्हा जल्ने गरेको छ् । गोजीमा एक पैसा समेत छैन् उनिहरु संग । देशमा लोकतन्त्रै संग गणतन्त्रमय हुदा सम्म उनिहरुको जिवन शैलीमा कुनै पनि प्रकारको फेरबदल भएको छैन् । नजिकको जगबुडा नदीमा माछा मारेर समेत उनिहरुको दिन बित्न थालेको छ् । पिडाको यस घडीमा मल्हम लगाउने कोही नभएको कारण उनिहरुको जिवन झनै उदास बन्दै गएको छ् । जग्गाको माँग राख्दै सडकमा छेउमा पाल टाँगेर बस्नु भनेको चाही नेपाल सरकार प्रति उनिहरुको सांकेतिकरुपमा आन्दोलन हो । उनिरुले ठुलै जमघट गरेर जनप्रतिनिधीहरुलाई घेर्ने, धर्ना दिने, बिरोध गर्ने तथा आन्दोलन गर्ने उनिहरुमा ताकत छैन् ।

आफ्नो कहिकतै निजी जमिन र सम्पत्ति नभएका बादी घरपरिवार सर्वसाधारण जिवन निर्वाह र आधारभूत आवश्यकता पुरा गर्नका लागि अहिले आएर आफ्नो परिवार पाल्न निकै कठोर संघर्षमा छन् । केही वर्ष गाँउ बस्ती चाहेर पीडाका गीत सुनाएर माँगी खाने बादी घरपरिवार अहिले नयाँ जिवन जिउने रणनीति बनाउन अनेक उपायको खोजीमा छन् । तर उनिहरुको यो जिवन जिउने रणनिती सपना मात्रै भएर आएको छ् । पश्चिम नेपालमा बसोबास गर्ने बादी समुदाय दलित जाति भित्रको सीमान्तकृत समुदाय हो । नेपालको जनगणना २०६८ का अनुसार कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा गरी यो समुदायको कुल जनसंख्या ३८ हजार छ् । यो समुदायका नागरिक पश्चिम नेपालका विभिन्न जिल्लामा स–सानो संख्यामा बस्दै आएका छन् । भनिन्छन् १४ सय शताब्दीमा राजा रजौटाहरुको मनोरञ्जनका लागि नेपाल ल्याईएका बादी समुदायले लामो समय देखि वाद्यवादन र नाचगानलाई आफ्नो पेसा बनाएका हुन् । तत्कालीन राजा रजौटा र जमिनदारलाई मनोरञ्जन दिन बादीलाई प्रयोग गरिन्थ्यो । आधुनिकता संगै बादी समुदायको वाद्यवादन र नाचगान पेशा छाँयामा पर्दै गयो । देशका विभिन्न भागमा मनोरञ्जन दिने सञ्चार माध्यम स्थापना भएपछि उनीहरुको पेसा संकटमा परेको देखिन्छ् ।

दोधारा चाँदनीको बडवाल टोलको सडकको छेउमा सांकेतिकरुपमा आन्दोलन उत्रिएका बादी घरपरिवार अहिले आएर थप पिडा थपिएको छ् । भारतमा हुदा उनिहरुले ज्याला मजुरी गरेर साँझ बिहानको छाक टार्थे भने बडवाल आएर माँगेर र माछा मारेर खाने गर्नु बाहेक उनिहरु संग अन्य विकल्पनै छैन् । यस्तो कष्टकर जिवन बिताउदै आएका बादी घरपरिवारको समस्या स्थानिय सरकार र बिभिन्न गैरसरकारी संस्थाले समयमै हल गर्नु आवश्यक छ् । देशकै सानो समुदायकोरुपमा रहेको बादी समुदायको संरक्षण गर्दै उनिहरुको जिवनशैली परिवर्तन गर्न सहयोग गर्नु राज्य पक्षको प्रमुख दायित्व हुनआउछ् । सरकारले आफ्नो जनताहरुको गाँस, बाँस, कपास संगै शिक्षाको ग्यारेन्टी लिन पछि हट्नु हुदैन् । २ महिना देखि बडवाल टोलमा खाना र बस्नको अभावमा पिल्सीरहेका बादी घरपरिवारलाई स्थानिय सरकार र यहाँ क्रियाशिल गैरसरकारी संघ संस्थाको ध्यान किन नगएको हो ? कहाँ गए गैरसरकारी संस्था र मानवअधिकारी बादी संस्था ? सबैले समयमै गम्भिर हुन आवश्यक छ् । सांकेतिक आन्दोलनमा उत्रेका बडवाल टोलको ३ बादी घरपरिवारका १५ जना बादीहरु जस्ता चरम पिडामा रहेकाहरुलाई थोरै भएपनि जग्गा र गाँस उपलब्ध गराउन सकेमात्रै समृद्धि आउने हो । कागजमा मात्रै सृमिद्ध र बिकास लेखेर समृद्धि आउनेवाला छैन् ।

ब्यवहारमा समेत स्थानिय सरकार र दोधारा चाँदनी नगरपालिकामा क्रियाशिल संघ–संस्थाले बादी घरपरिवारहरुको माँग सम्बोधन गर्न सके मात्र सरकार र गैरसरकारी संघ संस्था प्रति जनताको बिश्वास अझ पलाएर जाने छ् । आर्थिक, सामाजिक, राजनीतिक लगाएतका पक्षबाट पछाडि पारिएको दलित भित्रको पनि अति पिछडिएको अल्पसंख्यक हो बादी समुदाय । भारतको बिभिन्न स्थानमा कठोर ज्यालादारी गर्ने, नाचगान गर्ने, मादल र बाजा लगाएतका सामग्री बनाउने, जाल बुन्ने, माछा मार्ने, बालुवा चाल्ने जस्ता आफूहरुले गर्दै आएको परम्परागत पेशाबाट भरणपोषण हुन नसकेपछि बादी समुदाय फिरन्ते जिवन बिताउदै आएका छन् ।

ताजा समाचार