पुनर्वासबाट जंगली मृगको उद्धार

पुनर्वास

कंचनपुरको पुनर्वासमा जंगलबाट गाउँमा पसेको मृगको उद्धार गरिएको छ । शनिबार साझ करिब ५ बजेतिर आई.बि.आर.डी.को भानु मेमोरियल बोर्डिङ स्कुल पछाडी तर्फ देखिएको मृगलाई पुनर्वासका केही युवाहरुले उद्धार गरि प्रहरी र बन बिभागलाई बुझाएको हो । जंगली मृगलाई पुनर्वास नगरपालिका-६ का सनिस तामाङ ,पुनर्वास-३ का रम्भा तामाङ लगायतका केही युवाहरुले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए ।

No description available.

नियन्त्रणमा लिएको सो मृग अहिले सब डिभिजन बन कार्यालय कुण्डा,पचकडीयाको नियन्त्रणमा रहेको सहायक बन अधिकृत दिनेश यादवले जानकारी दिए । उनले सो मृगको शरिरमा सामान्य चोट लागेकोले आईतबार बिहान उपचार पश्चात् लालझाडी बन क्षेत्रमा छाडिने बताए । “जंगलमा लागेको बन डढेलोका कारण बन्यजन्तुहरु जंगल बाहिर आउन थालेका हुन ।” उनले भने “यसरी आएका बन्यजन्तुहरुलाई सुरक्षित साथ नियन्त्रणमा लिई खबर गर्नुहोला ।”

No description available.

मृगलाई जनप्रतिनिधि र स्थानीयको रहोवरमा बनका प्रतिनिधि ,अस्थायी प्रहरी पोष्ट आई.बि.आर.डी. र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलीको जिम्मा लगाईएको थियो । स्थानीयहरुले मृग पुनर्वास-६ स्थित हिमचुली सामुदायिक बनबाट गाउँमा प्रवेश गरेको हुनसक्ने अनुमान गरेका छन।

ताजा समाचार