कञ्चनपुर
साढे चार दशकदेखि भारतीय डाँकु समुहसंग मिलेर कञ्चनपुरको दक्षिणी क्षेत्रमा डाँकागिरी गर्दै आएका एक सातिर डाकु पक्राउ परेका छन । ०३२ सालदेखि भारतीय डाकुको सहयोग लिई दक्षिण क्षेत्र पूनर्वासमा डाकाचोरीका गतिबिधी गर्दै आएका बm बहादुर सुनार पक्राउ परेका हुन । डाँडा सुनारलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले पूनर्वास नगरपालिका ९ बस्ने सुनारलाई पक्राउ गरिएको बताए ।

सुनारलाई २ असार ०५० सालमा जिल्ला आदालतले डाँकाचोरी मुद्दामा ६ बर्ष कैद ६२ हजार ४ सय १५ रुपैया जरिवाना तोकेको थियो । २७ बर्षदेखि फरार रहेका प्रतिबादी सुनारलाई गाँउमै लुकिछिपी बसेको अवस्थामा प्रहरी पक्राउ गरि आदालत पेश गरेको छ । आदालत पेश भएका सुनारलाई कारागार चलान गरिएको छ ।

यस अघि सुनार ०४४, ०४८ र ०५० सालतिर ठूलठूला डाँकाचोरी काण्डमा संलग्न थिए । युवक हुँदा चोरीडकैतीमा सलग्न रहेका सुनार बृद्ध भएपछि पक्राउ परेका छन । उनी पक्राउ परेसंगै गाँउका स्थानीय हर्षित भएका छन ।

