दोधारा

दोधारा चाँदनी नगरपालिकाका अग्नी पिडित श्याम बहादुर थापाको घरपरिवारलाई रेडक्रसकर्मीले सहयोग गरेका छन् । दोधारा चाँदनी नगरपालिका स्थित रहेको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सदस्य कोमल उपाध्याय्ले केही दिन अघि कच्ची घरमा आगलागी भएका दोधारा चाँदनी नगरपालिका वडा नं. ६ शँन्तीटोल स्थित निवासी श्याम बहादुर थापाको घरपरिवारलाई खाद्यान्न सहयोग गरेका हुन् ।

उनले ५० केजी चामल, ३० केजी पिठो र १५ प्याकेट चाउचाउ अग्नीपिडित थापाका परिवारलाई प्रदान गरेको दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् । खाद्यान्न सहयोग कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्ल, सचिव मोहन सुनार, सदस्य तथा दाता कोमल उपाध्याय् र दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता दिल बहादुर सिजाली लगाएत स्थानियहरु र अग्नीपिडीतका घरपरिवारको उपस्थिती रहेको थियो । अग्नी पिडित श्याम बहादुर थापाको घरमा पुगेर खाद्यान्न सहयोग गरेको नगर प्रबक्ता सिजालीको भनाई रहेको छ् ।

समस्यामा परेकालाई नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सदस्य कोमल उपाध्याय्ले सहयोग गरेको भन्दै रेडक्रसकर्मी उपाध्यायलाई उनले धन्यबाद समेत दिएका छन् । सिलिण्डर ग्यासमा चिया बनाउने क्रममा कच्ची घरमा आगलागी हुदा श्याम बहादुर थापाको घरमा भएको सबै थोक जलेर नष्ट भएको हो । केही दिन अघि नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाले उनिहरुको लागी तत्कालको लागी आवश्यक पर्ने सामग्री उपलब्ध गराएको थियो ।
नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाले १ थान त्रिपाल, २ थान कम्बल, १ सेट भाडा बर्तन, १ थान बाल्टीन, १ सेट लुगा लगाएत सामग्री उपलब्ध गराएको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्लले जानकारी दिएका छन् । यस्तै दोधारा चादनी नगरपालिका वडा नं. ६ वडा कार्यालयले अग्नीपिडित थापाको घरपरिवारलाई खाद्यान्न समेत उपलब्ध गराईसकेको हो । यस्तै नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालित पश्चिम विपद पुर्व तयारी परियोजना मार्पmत गठित शान्ति सामुदायिक विपद व्यवस्थापन समिति दोधारा चा“दनी नगरपालिका वडा नं. ६ ले समेत अग्नीपिडत श्याम बहादुर थापाको घरपरिवारलाई सहयोग गरिसकेको बताईएको छ् ।
