पत्रकार महासंघ कञ्चनपुरको अध्यक्षमा धामी

कञ्चनपुर

नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन । पत्रकार महासंघ शाखा कञ्चनपुर, सुप प्रदेश सहित केन्द्रीय समितिको नयाँ कार्य समितिका लागि बुधबार निर्वाचन भएको थियो । प्रेस यूनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी(नेपाल) समुहका तर्फबाट संयुक्त प्यानलका उम्मेदवार धामी अध्यक्षमा निर्वाचित भएका हुन । उनले आफ्ना निकटतम प्रतिद्वन्दी प्रेस चौतारी(ओली) समुह तर्फबाटका अध्यक्षका उम्मेदवार सुरेश सिह धामीलाई ४८ मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन ।

माधव सिह धामीले ११७, सुरेश सिह धामीले ६९ र अध्यक्षका अर्का उम्मेदवार प्रेस यूनियनका नेता शेर बहादुर सिहले २५ मत ल्याएका थिए । उपाध्यक्षमा ओली समुह चौतारीका उम्मेदवार भवानी दत्त भट्ट निर्वाचित भएका छन । भट्टले आफ्ना प्रत्यासी चौतारी(नेपाल) समुहका नेता ज्ञानेन्द्र महतालाई ३७ मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका छन । भट्टले १२३ र महताले ८६ मत ल्याएका थिए । महिला उपाध्यक्षमा हेमन्ती डगौरा(चौधरी) निर्वाचित भएका छन । उनले आफ्ना प्रत्यासी ओली समुह चौतारीका धर्मा रोकायालाई ८८मतको अन्तरले हराउँदै महिला उपाध्यक्षमा निर्वाचित भएकी छिन । सचिवमा प्रेस सेन्टरका नेता राजेन्द्र प्रशाद अवस्थी निर्वाचित भएका छन । उनले चौतारी(ओली समुह)का उम्मेदवार गणेशदत्त भट्टलाई ३० मतको अन्तरले हराउँदै सचिवमा निर्वाचित भएका छन ।

अवस्थीले ११९ र भट्टले ८९मत ल्याएका थिए । सह-सचिव खुला तर्फ चौतारी ओली समुहबाट तर्फबाट उम्मेदवार भएर मिडिया मञ्चका नेता धुव्रराज अवस्थी निर्वाचित भएका छन । अवस्थीले धामीलाई १३ मतले अन्तरले हराउँदै सहसचिवमा निर्वाचित भएका हुन । अवस्थीले ११३ र धामीले ९४ मत ल्याएका थिए । समावेशी सहसचिव तर्फ प्रेस सेन्टरका  पहिलाद रानाले भारी मत ८४ मतको अन्तरले चौतारी ओली समुहकी उम्मेदवार रजनी रानालाई हराएको हो । पहिलादले १४५ र रजनीले ५७ मत ल्याएकी थिईन । प्रेस यूनियनका नेता जयदेव जोशीले आफ्ना निकट्तम प्रतिद्वन्दी प्रेस चौतारी(ओली समुह)का उम्मेदबार हरिशचन्द्र बागलाई ५९ मतको अन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भए । जोशीले १२२, बागले ६३ अर्का कोषाध्यक्षका उम्मेदवार नेकपा बैद्य निकट क्रान्तिकारीका नेता धनन्यज अवस्थीले २६ मत ल्याएका थिए ।

May be an image of 11 people, including Ramesh Bhatt, Karan Singh Pal and Rajendra Bist and people standing

महिला सदस्यमा प्रेस सेन्टरकी उम्मेदवार रिना अधिकारीले भारी मतले चौतारी (ओली समुह)की उम्मेदवार लक्ष्मी सेठीलाई १ सय १ मतको अन्तरले हराउँदै महिला सदस्यमा निर्वाचित भए । पे्रेस सेन्टर नेपालका नेता कृष्ण ब. दमाईले चौतारी ओली समुहका उम्मेदवार बिमल कुमार विकलाई ७० मतको अन्तरले हराउँदै दलित सदस्यमा निर्वाचित भएका छन । खुला सदस्य तर्फ सबैभन्दा बढि प्रेस चौतारी नेपाल समुहका उम्मेदवार सरोज धामीले १२४ मत ल्याएका छन । यस्तै प्रेस चौतारी नेपाल समुहका सदस्यका उम्मेदवार कमल विक, प्रेस यूनियनका किशोर बहादुर तामाङ्ग ९६, प्रेस संगठनका नेता प्रेमराज (पदम)भट्टले ९१, प्रेस चौतारी नेपाल(ओली समुहका उम्मेदवार) होमनाथ योगीले पनि ९१ मत ल्याएका थिए । प्रेस संगठनका नेता बीरसिह ऐरी ९९, प्रेस यूनियनका नेता रमेश भट्ट, प्रेस चौतारी ओली समुहका नेता अर्जुन बहादुर सिह र प्रेस यूनियनका नेता देवेन्द्र खडकाले बराबर ९०÷९० मत ल्याएका थिए ।

समावेशी अन्य सदस्य तर्फ प्रेस संगठनका उम्मेदवार  विकास सिह महता(धन बहादुर महता),आदिवासी सदस्य तर्फ प्रेस चौतारी(नेपाल समुहका) लाल बहादुर चौधरी र मधेशी सदस्यबाट प्रेस यूनियनका नेता गम्भिर लाल उराव निर्विरोध निर्वाचित भएका थिए । केन्दीय प्रतिनिधीमा प्रेस संगठनका नेताद्वय केशव राज जोशी, देवराज साउद निर्वाचित भएका छन । प्रेस चौतारी(नेपाल समुहका जनकराज अवस्थी, प्रेस यूनियनका नेता हरिश भट्ट, डिआर पन्त, विक्रम गिरी निर्वाचित भएका छन ।

यस्तै कञ्चनपुरबाट प्रदेश सुप तर्फ अध्यक्ष ओली समुह(चौतारी)का उम्मेदवार कृष्ण ओली ६८, प्रेस यूनियनका योगेश रावल १४१, उपाध्यक्षमा चौतारी ओली समुहका उम्मेदवार लक्ष्मण तिवारी १३६, यूनियनका उम्मेदवार योगेन्द्र बलायरका ८०, महासचिवमा प्रेस संगठन नेपालका उम्मेदवार रामसिह ठगुन्नाका १३७ र ओली समुहका शिवराज भट्टका ७४, सचिव समावेसी तर्फ प्रेस चुनारा १४१, बल बहादुर चताराका ४८, सचिवमा नरेन्द्र सिह कार्की ६१, हरि प्रशाद जोशी १३८, कोषाध्यक्ष दुर्गा उपाध्यक्ष ११८, क्रमस नरेश कुमार शाही २८, राम बहादुर धामी ६३ले मत ल्याएका थिए ।

त्यसैगरी सदस्य प्रदेश परिषद्मा इश्वर बडू, अरुण प्रसाद भट्ट करणदत्त अवस्थी, कृष्णदेव पन्त, खडक कोली, दमन चन्द, दिपेन्द्र बस्नेत, धन बहादुर चौधरी, धरणीधर भट्ट, निलम पनेरु, पदम राज बोहरा, बलदेव अवस्थी, बासुदेव भट्ट(शितल, विर बहादुर चन्द(बिश्राम), राजेन्द्र प्रसाद पनेरु, राजकुमार भण्डारी र सर्मिला जैरु निर्विरोध निर्वाचित भएका छन् ।

ताजा समाचार