कञ्चपुरमा बढ्दै यौनकर्मी

दोधारा
दोधारा चाँदनी नगरपालिकामा एक यौनकर्मी भेटिए । मादक पदार्थ सेवनको कारण उनको आखा निकै रातो र रसिलो थियो । उनको बोली समेत लरवराई रहेको थियो । कञ्चनपुरको महेन्द्रनगर स्थित होटेलहरुमा रातीको समयमा आफु बुकिंङमा जाने गरेको बताए । आफुलाई रञ्जीता नाउ (नाउ परिवर्तन गरिएको) बताउने उनले लगाएको लुगा समेत अस्तब्यस्त थियो । उनि महाकाली झोलुङ्गे पुलमा मादक खाएर लरबराउन थालेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले उनलाई अर्धबेहोस अवस्थामा फेला परेको प्रहरीले जनाएको छ् । प्रहरीलाई आफ्नो उमेर वर्ष २२ को बताए पनि पक्तीकारलाई आफु १९ वर्षका भएको बताए । ‘प्रहरीलाई २० वर्ष भन्दा सानो उमेर बताएपछि समस्या गर्छ त्यसैले २२ वर्षको भनेकी हु’ रञ्जीताले भने । उनले आफुलाई यौनकर्मी भएको स्विकारेका छन् । घरमा आमा बुवाको मृत्यु भएपछि आफुले आफ्नो खर्च चलाउनको लागी समस्या परेका र अरु कुनै आफु लाएक काम नपाएपछि यो पेशा अंगाल्न बाध्य भएको बताए । कहिलेकाही दिनमा १० जना सम्म ग्राहकको यौन प्यास मेटाएको १९ बर्षिय यौनकर्मी रञ्जीताले बताए । महेन्द्रनगर स्थित होटेलहरुमा भईरहेको देहब्यापारमा काम गर्दाको आफ्नो यथार्थ कथाको सनसनीपूर्ण खुलासा गरेकी छिन् उनले । यौनकर्मी रञ्जीता संग गरेको प्रश्नको जवाफ फर्काउने क्रममा आफ्नो कथा खुलस्त भनेकी छिन् । उनले महेन्द्रनगरको होटेलहरुमा एक रातीको रु. ५ देखि ६ हजार कमाउने गरेको बताईन् । कोरोना भाईरस संक्रमणको बेला यसरी ग्राहकहरु संग यौन सम्पर्क गरेपछि कोरोना सर्दैन भने प्रश्न गरेपछि कोरोना हामीलाई लाग्दैन, रमाईलो संगै पैसा भएपछी भईहाल्यो नि, लागेपनि निको आफै भईहाल्छ । रञ्जीताले आफ्नो एक केटा साथीले धोका दिएपछि रोजगारी नपाएर आफु यो पेशामा लाग्न बाध्य भएको बताए । आफ्नो घर डडेल्धुराको जगबुडा रहेको बताउदै केही वर्ष अघि काठमाण्डौंमा एक डान्सवारमा समेत काम गरेको उनले बताईन् । कोरोना भाईरसको कारण सरकारले लगाएको लकडाउन संगै कञ्चनपुरको महेन्द्रनगर फर्केका रञ्जीताले आफ्नो दैनिकी चलाउन यो पेशा अपनाएको समेत बताउछन् । ब्लेटले आफ्नो बाया“ हात छियाछिया पारेका र चुरोटले आफ्नो हात जलाएका उनलाई मर्न पाए हुन्थ्यो भन्ने लाग्ने गरेको बताए । ‘जिउनै मन लाग्दैन, नशामा दिनहरु बिताउछु’ उनले भनिन् । रमाइलो संगै पैसा दुबै भएपछि यौन पेसा अपनाएको ऊनी बताउछिन् । अहिले आएर महेन्द्रनगर बजार तथा आसपास क्षेत्रमा देहब्यापार मौलाउदै गएको छ् । १९ वर्षिय रञ्जीता जस्ता कलिला युवती ड्रक्स सेवन गरि यौन धन्दामा लिप्त हुनुले हाम्रो समाज कुन दिशा तिर उन्मुख भईरहेको छ भन्ने हामी आफै अनुमान गर्न सक्छौं । दोधारा चाँदनी नगरपालिकामा भेटिएका आफुलाई रञ्जीता (नाउ परिवर्तन गरिएको) संग पत्रकार पप्पु गुरुङ्गले गरेको कुराकानी :
‘कतिपय ग्राहकहरु आफु संग नजिकिन, अन्तरंग कुराकानी गर्न तथा रमाइलो गर्न समेत आउने गर्दा रहेछन् । आफुले केही वर्ष सम्म एक जना युवक संग प्रेम र रोमान्स गरे । पछि ऊ संग ब्रेकअप भयो । मैलै उ संग जिवन बिताउने कत्रौ सपना बुने । सबै खरानी बन्यो । मलाई उसले धोका दियो । पछि ऊ टाढा भएपछि आफ्नो जिवन प्रति खिन्नता मँन्न थाले । मैले गरेको गलत कार्यमा सम्झाउने कोही भएनन् । म एक युवती भएर नशामा गर्नै नहुने काम गर्दै हिडे । मेरो जिवन उठारलाग्दो भएको कारण कामको खोजीमा भौतिरनु बाहेक केही रहेन् । पहिलो प्रेम भएको कारण मैले अझै सम्म भुल्न सकेको छैन् । त्यो अतित भुल्नको लागी म आफैलाई नशामा डुवान थाले । म दिन रात नशामा झुम्म भएर बस्न रुचाउछु । चुरोटको लत पनि त्यत्तीकै परिसक्यो । चुरोट र मदिरा बिना बा“च नसक्ने भएको छु । चुरोटको धुवामा जिन्दगी जिउन रुचाउछु । नशा बिनाको पल मेरो लागी तटपिनु बाहेक केही हुदैन् । मेरो सिरानी मुनी सधै एक डब्बी चुरोट राख्छु । जती बेला निन्द्रा खुल्यो, त्यत्तीबेला चुरोट तान्छु ।

अरु कसै संग पनि बिहे नगर्ने भन्दै यो पेशा अपनाए । तपाईले कुनै सज्जन र राम्रो केटा खोजिदिए बिहे गर्न म, आफु तयार छु (हास्दै भने) । कण्डम बिना कहिल्यै सम्बन्ध बनाउदैन् । मेरो तथा मेरो ग्राहकको सुरक्षा यौन सन्तुष्टि भन्दा महत्वपूर्ण कुरा हो । यसमा विवादनै छैन् । कण्डम बिना कसै संग यौन सम्पर्क गरेको छैन् । समय अनुकुल रेट फरक हुन्छ् । दिनमा एक पल्ट एक जना ग्राहकबाट रु. २ देखि ३ हजार लियो भने डेरा तथा खाना र अन्य कार्यको लागी पुगिहाल्छ् । लकडाउनको बेला सबै ठाउमा काम खोजे । कहि पाईएन् । पछि आएर महेन्द्रनगरको एक होटेलमा काम पाए । सामान्य काम थियो । सुरुको दिन राम्रै लाग्यो । सुरु सुरुमा सा“उजीले पनि राम्रो गरेको थिए तर केही दिन पछि होटल साहुले जबरजस्ती ग्राहक संग यौन सम्बन्ध राख्न बाध्य बनाए । सुरुमा त आफुले प्रतिकार गरेको तर त्यस पछिका दिनहरुमा राम्रै लाग्न थाल्यो । रमाईलो पनि भईहँल्ने र पैसा पनि आईहाल्ने । सम्बन्ध राख्ने क्रममा धेरैले विहे गर्ने आश्वासन पनि दिए । तर आफ्नो पेशानै त्यस्तो भएकाले बिहे हुने विश्वास थिएन ।

त्यसैले कसै संग पनि विहे गरिएन । ड्राईभर देखि उपल्लो तहका मानिसहरुले पनि विहे गर्ने आश्वासन दिदै म संग सुत्न मात्रै रुचाए । पछिका मेरा दिनमा एक चोटीको एक जना ग्राहक संग रु. २ देखि ३ हजार सम्म रकम पाईन्छ् । रातीको बुकिङमा भने रु. ५ देखि ६ हजार सम्म आउछ् । दैनिक राम्रै कमाई हुने भएता पनि खर्च त्यही स्तरमा हुने भएकाले कमाएको पैसा बचाउन सकिएन । राम्रो लुगा लगाएर हिड्नु पर्ने, मेकअप त्यस्तै गर्नु पर्ने र चुरोट, मध्यपान तथा मोज मस्ती गर्ने बानी परेकाले पैसा बचाउन सकिन्न । दैनिक १ सय खिल्ली चुरोट तान्नेमा आज भोली आएर ४० देखि ५० खिल्ली चुरोट खाने गरेको छु । चुरोटमा ‘माल’ भरेर खाने बानी पनि परेको छ् । अबका मदिरा र चुरोटको लतले च्यापी सकेको छ् । चुरोट नखाए सम्म कही हिड्न समेत मन लाग्दैन् । म, लगाएत मेरो सम्पर्कमा रहेका मेरो ७ जना साथीहरु कञ्चपुरमै छन् । हामी साथीहरु कहिले काही मात्र भेट हुन्छ् । सुरु सुरुमा मिलेर काम गर्ने गर्थ्यौं । पछि आएर हामीमा कुरा नमिले पछि आ–आफ्नै ढंगले काम गर्ने गरेका छौं । मेरो अनुमानमा दाङ र धनगडीका युवतीहरु यस्तो काममा महेन्द्रनगर तथा आसपासका क्षेत्रमा सक्रिय छन् ।

हामी रातीको बेला बढी सक्रिय हुन्छौं । महेन्द्रनगर बजार क्षेत्रको बस पार्क क्षेत्र तथा आसपास, महाकाली झोलुङ्गे पुलमा पुल हेर्नको बाहानामा बसउठ गर्ने गरेका छौं । नेपाली भन्दा बढी भारतिय नागरिक संग बढी सम्पर्क रहने हुन्छ् । भारतिय नागरिकहरु जती भनेपनि पैसा दिन तयार हुन्छन् । जब म मदिरा सेवन गर्छु, तब मात्र म ग्राहक संग बस्न तयार हुन्छु । अहिले म संग नियमित ३/४ जना ग्राहक आउछन् । तर ति ग्राहकहरु कलेज पढ्ने केटा देखि माथिल्लो तहका व्यक्तिहरु समेत छन् । कोही भर्खरै स्कूल कलेज पढेका केटाहरु पनि आउछन् । कोही त पहिलो पल्ट हो भन्छन् । कण्डम नलगाईकन सम्पर्क गर्दिन भन्छन् । पहिलो पल्ट आएकाहरुलाई भने सबै आफूलेनै सिकाई दिनु पर्छ् । पहिलो पल्ट सम्पर्क राख्नेहरु धेरै बेर सक्रिय हुन सक्दैनन् । तर पनि नियमित जसो आउने उनीहरुले भने जति रकम दिन्छन् । सम्पर्क गर्न बुढाहरु पनि आउछन् । घरमा श्रीमती र नाती नातिना समेत भएका उनीहरुलाई सन्तुष्ट पार्न भने समस्या हुन्छ । सम्वन्ध राख्न आउने आर्मी, पुलिसका मानिसहरु भने राम्रा नियतका हुदैनन् ।

भनेजति पैसा पनि नदिने र अनावश्यक दुःख दिने गर्छन् । कती पटक ग्राहकहरुले सम्बन्ध बनाएका भिडियो खिच्ने प्रयास गर्छन् । मैले कोठामा ग्राहक संग बस्दा बत्ती निभाउन लगाउछु । कोठामा बत्ती जलायो भने भिडियो खिच्ने डर रहन्छ् । हाम्रो केही साथीहरुको भिडियो समेत सामाजिक संजालमा आएको छ् । हामी संग सुत्न आउने पुरुषहरु चाही के हुन् त ? धेरै जना संग सम्बन्ध राखेवापत हामी नराम्रो हुने तर ति पुरुषहरु चाही चोखिएर हिड्न मिल्छ ? हामी रहरले यो पेशामा आएका होईनौं । हामी संग सम्बन्ध बनाउन आउनु पुरुषहरु उच्च अहोदाका पछि छन् । समाजलेनै हामीलाई यो स्तर दिएको हो । मलाई लाग्छ रहर वा ईच्छाले कोही पनि यो पेशामा लाग्दैन । परिवन्धले गर्दानै मानिस यस्तो काममा फस्न पुग्छ हामी त्यस्तै भएका हौं । राम्रो काम पाए यस्तो कुकर्ममा को लाग्थ्यो र ?’

ताजा समाचार