आई.पि.एम.पद्धतिमा आधारीत ३ महिने वेमौसमी तरकारी तालिमको उद्धघाटन

कञ्चनपुर ,
युरोपियन यूनियनको आर्थिक सहयोग,ब्रिटिश काउन्सिलको व्यवस्थापन र निड्स नेपालले संचालन गरेको वजारमा आधारीत प्राविधिक तथा व्यवसायीक सिप (दक्षता) परियोजना अन्तर्गत तीन महिने बेमौसमी तरकारी खेती तालीमको उद्धघाटन गरिएको छ।

कृष्णपुर नगरपालिका वडा नं ४ का २० जना युवाहरुलाई ३ सय ९० घण्टे (आई.पि.एम. )पद्धतिमा आधारित ३ महिने वैमौसमी तरकारी खेती तालिमकाे एक कार्यक्रमका साथ उद्धघाटन गरिएको हो।

तालिमको उद्धघाटन कार्यक्रमको अध्यक्षता निड्स नेपालका अध्यक्ष अन्जु जाेशि भट्ट, प्रमुख अतिथि कृष्णापुर न.पा नगर उपप्रमुख रमिता राना वडायक रहनु भएकाे थियोे । विशिष्ट अतिथि कृष्णपुर नंपा वडा नं २ का अध्यक्ष तेज ब. रावल रहनु भएकाे थियाे । कृषिमा आधारित रहेर तालिम अवधीमा सिकेका कुरा व्यवहारमा उतार्ने तालिमका सहभागीहरु ले बताएका छन्।
प्रमुख अतिथि वडायक ले तालिमले कृषि उत्पादन र व्यवसाय वृद्धिमा टेवा पुग्ने र आगामी दिनमा यो क्षेत्रमा विशेष कृषि उत्पादनमा जोड दिन आग्रह गर्नुका साथै नगरपालिका देखि हुने र आइपर्ने सहयोग निरन्तर रहि रहने प्रतिबद्धता समेत गर्नु भएको छ। कार्यक्रम सुदूरपश्चिम प्रदेशका तीन जिल्ला कञ्चनपुर,कैलाली र बझांगमा संचालित रहेको संस्था मार्फत जानकारी दिएको छ। कार्यक्रममा निड्सका उपाध्यक्ष लाेकेन्द् जाेशि,काेषाध्यक्ष रविन्द् देवकाेटा, कार्यक्रम संयोजक विनाेद कडारा र तालिम प्रशिक्षक लगायतको उपस्थिति रहेकाे थियो । भने वडा नं ४ का वडा सचिव पदम ठगुन्नाले कार्यक्रम संचालन गर्नु भएकाे थियाे ।

ताजा समाचार

spot_img