दोधारा

दोधारा चाँदनी नगरपालिकाका एक अग्नी पिडित श्याम बहादुर थापाको घरपरिवारलाई सहयोग जुट्न थालेको छ् । दोधारा चादनी नगरपालिका वडा नं. ६ शान्ती टोलमा हिजो अबेर साँझ सिलिण्डर ग्यासमा चिया बनाउने क्रममा कच्ची घरमा आगलागी हुदा श्याम बहादुर थापाको घरमा भएको सबै थोक जलेर नष्ट भएको हो । आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिका स्थित रहेको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाले उनिहरुको लागी ततकलको लागी आवश्यक पर्ने सामग्री उपलब्ध गराएको छ् ।

नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाले १ थान त्रिपाल, २ थान कम्बल, १ सेट भाडा बर्तन, १ थान बाल्टीन, १ सेट लुगा लगाएत सामग्री उपलब्ध गराएको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्लले जानकारी दिएका छन् । अग्नी पिडित श्याम बहादुर थापालाई उक्त राहत सामग्री हस्तान्तरण गरिएको हो । पिडाको बेला नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाले आफ्नो तर्फबाट सानो भएपनि सहयोग गर्ने प्रयत्न गरेको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्लले बताएका छन् । यस्तै नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सदस्य कोमल उपायाय्ले आफ्नो संस्था नेपाल रेडक्रसले साबिकको दोधारा क्षेत्रमा बिपद्को बेलामा समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको बताए । आर्थिक अवस्था निकै दैनिय रहेको श्याम बहादुर थापालाई आगामी दिनहरुमा समेत सहयोग संकलन गर्ने आफुहरु तत्पर रहेको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सदस्य कोमल उपायाय्ले बताए ।

दोधारा चाँदनीगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता दिल बहादुर सिजालीले पिडाको बेलामा नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाले देखाएको सहयोग प्रशंसनिय रहेको बताउदै बिगतका दिनहरुमा समेत हरेक पिडामा रहेको स्थानियहरुलाई सहयोग गर्दै आएको उनको भनाई छ् । नगर प्रबक्ता सिजालीले नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखा परिवारलाई धन्यबाद समेत दिएका छन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका शाखा सभापती राजेन्द्र मल्ल, नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सदस्य कोमल उपाध्याय्, नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सदस्य शोभा थापा, दोधारा चादनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता दिल बहादुर सिजाली, अग्नी पिडित परिवार र स्थानियहरुको सहभागिता रहेको थियो । यसै क्रममा दोधारा चादनी नगरपालिका वडा नं. ६ वडा कार्यालयले अग्नीपिडित श्याम बहादुर थापाको घरपरिवारलाई खाद्यान्न समेत उपलब्ध गराएको वडा अध्यक्ष तथा नगर प्रबक्ता दिल बहादुर सिजालीले जनाएका छन् ।
उनिहरुलाई चामल, दाल, तेल, तरकारी लगाएत खाद्य सामग्री उपलब्ध गराएको वडा अध्यक्ष सिजालीले बताए । यस्तै नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालित पश्चिम विपद पुर्व तयारी परियोजना मार्पmत गठित शान्ति सामुदायिक विपद व्यवस्थापन समिति दोधारा चाँदनी नगरपालिका वडा नं. ६ ले समेत अग्नीपिडत श्याम बहादुर थापाको घरपरिवारलाई सहयोग गरेको स्थानिय बिक्रम गुरुले जनाएका छन् । पिडित श्यामको परिवारलाई दुई वटा त्रिपाल, २ वटा कम्बल, बच्चाहरुका लागि ५ जोर लुगा कपडा र राहत सामग्री भित्र पर्ने भाडाकुडा, कपडा लगाएत १४ वटा सामग्रीहरु सहयोग गरिएको छ । यसका साथै पिडित परिवारलाई नगर रु. २ हजार समेत सहयोग गरिएको बिक्रम गुरुङ्गले बताएका छन् ।
