भारत तर्फ लैजादै गरेका एक युवतीलाई दोधारा चाँदनीबाट माईती नेपालद्धारा उद्धार

दोधारा

मानव बेचबिखन बिरुद्ध कञ्चनपुरमा क्रियाशिल संस्था माईती नेपालले भारत तर्फ लैजादै गरेको एक किशोरीलाई दोधारा चाँदनी नगरपालिका वडा नं. ४ स्थित महाकाली झोलुङ्गे पुलबाट उद्धार गरेको छ् । कञ्चनपुरको लालझाँडी गाँउपालिकाका एक १८ वर्षिय किशोरीलाई भारतको उत्तर प्रदेश, सिमरिया गाँउ, पिलिभित जिल्लाका २० वर्षिय जान मोहम्मदले भारत लैजादै गरेको अवस्थामा माईती नेपाल कञ्चनपुरको महाकाली झोलुङ्गे पुल स्थित रहेको सुचना तथा परामर्श केन्द्रले रोकेको हो । भारत लैजादै गरेको अवस्थामा किशोरीलाई उद्धार गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् । ‘भारतीय नागरिक संग घरबाट भागेर भारत जान लागेको अवस्थामा उद्धार गरेका हौं’ माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताए ।

No description available.

बिहे गर्छु भनेर भारत लैजान लागेको किशोरीले बताएका छन् । किशोरी ४ दिन अघि घरबाट भागेको बताईएको छ् । किशोरीका आफन्तले घरबाट बेपत्ता भएको भन्दै प्रहरीका निबेदन दिएको किशोरीको आफन्तले जनाएका छन् । महाकाली झोलुङ्गे पुल स्थित माईती नेपाल कञ्चनपुरको सुचना तथा परामर्श केन्द्रले किशोरी र भारतिय युवक माथी शंका लागेपछि सोधपुछको क्रममा किशोरी भारत जान लागेको थाहा पाएपछि महाकाली झोलुङ्गे पुलमा रहेको प्रहरी पोष्टले भारतिय युवक जान मोहम्मदलाई नियन्त्रणमा लिएका थिए । भारत लैजान लागेका भारतिय नागरिक जान मोहम्मदलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाईएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले बताएका छन् । पछिल्लो दिनहरुमा माईती नेपाल कञ्चनपुरले जोखिममा पर्न सक्ने महिला तथा बालवालिकाको उद्धार गर्ने क्रम बढ्दो रहेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् ।

‘बर्षेनी यो संख्या कम हुनुको साटो बढ्दै गैरहेको छ’ उनले भने ‘महिलाहरु बढी महोत्वाकांक्षी भैदिदा पनि बेचबिखनमा पर्ने गरेका छन् । दलालहरुले बिभिन्न प्रलोभनमा पारेर भारतको बिभिन्न स्थानाहरुमा पु¥याएर उनीहरुलाई गलत कार्यमा लगाउने गरेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् । दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारत खुला सिमा क्षेत्रमा थुप्रै बाटोहरु भएको कारण समेत दलालहरुलाई मानव तस्करीमा सहजता भएको उनको भनाई रहेको छ् । हरेक बर्ष दलालहरुले नयाँ नयाँ तरिका अपनाएर चेलीलाई सिमा कटाउने भएकोले मानव बेचबिखन नियन्त्रणमा समस्या हुने गरेको माईती नेपाल कञ्चनपुरले बताएको छ् । ‘पहिले नपढेकाहरु मात्रै बेचबिखनमा पर्ने गर्थे । अहिले बढी जसो पढे लेखेका महिला तथा वालिकाहरु रोजगारी तथा बिभिन्न प्रलोभनमा बेचिने गरेका छन’ माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भने, ‘बढि महत्वकांक्षी भएका महिलाहरु छिटैनै धनी हुने लोभमा बेचविखनमा पर्ने गरेका छन् ।’

 

ताजा समाचार