सुर्वण प्रसाद जोशी/कञ्चनपुर
भीमदत्त नगरपालिका वडा नंं–७ मा घर भएका दिपक बिष्टले महाकाली अञ्चल अस्पतालमा चार दिन देखि उपचारथ आमा पार्वती देवी विष्टको स्वास्थ्य लाभको कामना गर्दै महाकाली अञ्चल बाल अनाथालयमा रहेका बालबालिका लाई फलफुल र जुस वितरण गर्नुको साथै दुई कुखुराको लोकल भाले पनि दिएका छन् ।

विष्ट विगतको दिनमा आफु पनि त्यही बाल अनाथालयमा कक्षा १ देखी ४ सम्म अध्ययन गरेका हुन् । बुवाको सानैमा मृत्यु भए पछि घरमा आमा बाहेक अरु अभिभावक नहुँदा उनले अनाथालयमा बसेको बताउछन् ।

हाल भीमदत्त नगरपालिकाको वडा नं. ७ मा कार्यलय सहायक रुपमा कार्यरत छन् । अस्पतालमा आमालाई कुनै विरामी नदेखिए पनि सञ्न्चो नभएपछि । यसरी दान गर्दा उनीहरुको आशिसले आमाको स्वास्थ्यमा सुधार आउने विश्वास
रहेको विष्ट बताउछन् ।

