पश्चिम विपद् पुर्व तयारी परियोजना द्वारा समन्वयात्मक गोष्ठी सम्पन्न

कञ्चनपुर/ अमेरिकन रेडक्रसको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा कञ्चनपुर जिल्ला शाखा द्वारा सञ्चालित पश्चिम विपद् पुर्व तयारी परियोजना द्वारा समन्वयात्मक गोष्ठी सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा विशेष गरेर परियोजना द्वारा गठित सामुदायिक विपद व्यवस्थापन समितिहरुलाइ परियोजनाको समाप्ति पश्चात् पनि कसरी आर्थिक र प्राविधिक रुपमा सक्षम बनाइ निरन्तरता दिन सकिन्छ भन्ने बारेमा छलफल गरिएको छ ।

सिडीएमसी गठन भइ विभिन्न कार्यक्रमहरु समुदाय मार्फत नै सञ्चालित हुनु यस परियोजनाको महत्वपूर्ण उपलब्धि रहेको छ । परियोजना द्वारा गठित सामुदायिक विपद व्यवस्थापन समितिहरुलाइ नै अन्य संघ संस्थाहरुले मान्यता दिई कार्यक्रम उपलब्ध गराउने विश्वास बनाउन सफल हुनु अर्को महत्वपूर्ण उपलब्धिका रुपमा लिन सकिन्छ । स्थानिय सरकारहरुले पनि विपद् व्यस्थापनका लागि रेडक्रस द्वारा गठित सामुदायिक विपद व्यवस्थापन समितिलाइ नै आधिकारिकता दिनुका साथै आफ्नै सम्पत्ति स्वरुप मान्यता दिई उचित बजेटको समेत व्यवस्था गरि दिने र सिडीएमसी हरुलाइ निरन्तरता दिनु पर्नेमा सहभागीहरु जोड दिएका थिए । नेपाल रेडक्रस सोसाईटी शाखाका सभापति टेक राज उप्रेतीको सभापतीत्वमा सञ्चालित कार्यक्रममा उप सभापती द्वय मञ्जु दाहाल जोशी,नर बहादुर राना,मन्त्रि रघुनाथ भट्ट लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन कार्यालय प्रमुख मनोज प्रसाद उप्रेतीले गर्नु भएको थियो । सामुदायिक प्रशिक्षक करबिर बहादुर चन्दले कार्यक्रमको प्रस्तुती गरेका थिए ।

ताजा समाचार