कञ्चनपुर ,
सुदूरपश्चिम प्रदेश लाई एक खेल अगावै एन्फा प्रेसिडेन्ट लिग फुटबलको च्याम्पियन बनेको छ। मनकामना युवा क्लब रौतहटले एन्फा प्रेसिडेन्ट लिगमा शुक्रबार त्रिवेणी युवा क्लब लमजुङलाई २-१ ले पराजित गरेको छ ।


मनकामनाले खेल जितपछि एक खेल अगावै सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलाली लिग च्याम्पियन बनेको छ ।

मनकामनाको जितमा शुवन बस्नेतले नवौं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । अविशेख लिम्बुले २९ औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसपछि ५८ औं मिनेटमा शुवनले पेनाल्टीबाट गोल गरेर मनकामनालाई २-१ को जित दिलाए ।

जितसँगै ५ खेल खेलेको स्टारले १३ अंक जोडेको छ । अब स्टारले आफनो अन्तिम खेल त्रिवेणीसँग खेल्नेछ । त्यो खेलको नतिजा जे आएपनि स्टारसिटी शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो । त्रिवेणीले ५ खेलमा ३ जित २ हारको सामना गर्दै ९ अंक जोडेको छ भने मनकामनाले ५ खेलमा २ जितसहित ६ अंक बनाएको छ ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउने छन् । प्रतियोगितामा विद्यागत रुपमा फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउने छन् ।

यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही २५ हजार पाउनेछन् । प्रसिडेन्ट लिगको शीर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्ने पाउनेछन्






