मनोसामाजिक परामर्श सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न


कञ्चनपुर ,
एकल महिला समुह, समुदायका अगुवा महला नेतृहरु तथा मनोसामाजिक समस्यामा परेका महिलाहरुलाई मनोसामाजिक परामर्श सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
मानव अधिकारको लागि महिला एकल महिला समुह कञ्चनपुरले सञ्चालन गरेको नेपालमा सिमान्तकृत महिलाको आवाज र सहभागिता परियोजना अन्तरगत एकल महिला समुहका प्रतिनिधि र समुदायका अगुवा महिला नेतृहरु तथा मनोसामाजिक समस्यामा परेका महिलाहरुलाई मनोसामाजिक परामर्श सम्वन्धी अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

महिलाहरुको मनोसामाजिक समस्याको पहिचान, सुचना र सत्यतथ्य जानकारी प्रदान, मनोसामाजिक समस्याका कारण र लक्षण, मनोसामाजिक समस्याले ब्यक्तिको चार पक्षमा पार्ने असर र स्वहेरचाह, तनाव ब्यवस्थापन,
सकारात्मक तरिकाले तनाव ब्यवस्थापन गर्ने तरिका, भावनात्मक सहयोग, तनाव बुझाउने, मनोसामाजिक शिक्षा आदी सम्वन्धी अभिमुखिकरण गरिएको मानव अधिकारकालागि महिला एकल महिला समुह कञ्चनपुर का कार्यक्रम संयोजक बीर बहादुर नेपालीले बताए ।
मनोसामाजिक परामर्शदाता तथा अभिमुखिकरण कार्यक्रमका सहजकर्ता पुर्ण बहादुर सिंह क्षेत्री ले अभिमुखिकरण कार्यक्रममा सहभागि मनोसामाजिक समस्यामा परेका सात जना महिलाहरुलाई ब्यक्तिगत रुपमा केही अवधी सम्म नियमित मनोसामाजिक
परामर्श आवश्यक रहेको बताउदै नियमितको मनोसामाजिक परामर्शबाट जटिल मनोसामाजिक समस्यामा परेकाहरुलाई पनि समस्याबाट छुटकरा दिलाउन सकिने बताए । उहाँहरुलाई केही दिन नियमित ब्यक्तिगत मनोसामाजिक परामर्श गरिने सतेत बताए ।

कोरोनाको संक्रमणको त्रास, लामो समय सरकारले गरेको लकडाउन, गरीबी, अभाव, घरेलू हिंसा र दुब्र्यवहार तथा अपृय घट्नाका आदीका कारणले सिमान्तकृत समुदायका अधिकांश महिलाहरुलाई मनोसामाजिक समस्या देखापरिरहेको पाईएकोले बेलडाँडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकाका एकल महिला र मनोसामाजिक समस्यामा परेका महिलाहरुलाई मनोसामाजिक परामर्श सम्वन्धी अभिमुखिकरण गरिने र जटिल अवस्थामा पुगेकालाई मनोसामाजिक परामर्शका
लागि रिफर गर्ने योजना रहेको कार्यक्रम संयोजक बिर बहादुर नेपालीले बताए ।


ताजा समाचार

spot_img