नमस्ते शुल्लाफाँटा यातायात प्रालीले ल्यायो नयाँ बस सेवा

कञ्चनपुर

कञ्चनपुरमा नमस्ते शुल्लाफाँटा यातायात प्रालीले ल्यायो नयाँ बस (मार्रकोपोलो मेङ्गा सेवाको) उद्घाटन गरेको छ। बुधवार नमस्ते शुक्लाफाँटा यातायात प्रालीले (टाटाको एसी मार्रकोपोलो मेङ्गा) बसको उद्घाटन गरेको हो। सुविधा सम्पन्न एसी बस यस पटक दुई वटा कञ्चनपुर भित्रयाएको शुक्फाँटा यातायात प्रा.ली.ले जनाएको छ।

नेपाल सरकारबाट ४५ सिट क्षमता भएको उक्त बस सञ्चालनका लागी पहिलो पटक स्वीकृति पाएको शुक्लाफाँटा यातायात प्रालीले देशै भरी ४ वटा बस सञ्चालनमा रहेको जनाएको छ। महेन्द्रनगरको बस पार्कमा गरिएको उद्घाटन कार्यक्रममा बोल्दै नमस्ते शुक्लाफाँटा यातायात प्रालीका अध्यक्ष सिद्धराज बोहराले यात्रुमैत्री बस सेवा सञ्चालनमा ल्याइएको बताए। उनले काठमाडौँ जान यात्रुहरूलाई झनै सुविधा पुग्ने गरी उक्त बस ल्याएको बताए।

No description available.

कार्यक्रमका प्रमुख अतिथि यातायात व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुख विनोद कुमार माली रहेका थिए। कार्यक्रमको सञ्चालन पत्रकार कुन्दन पाण्डेयले गरेका थिए। उद्घाटन पूर्व उक्त बस महेन्द्रनगर बजार वरी वरी ¥याली सहित परिक्रमा गरिएको थियो।

ताजा समाचार