बन बिनास रोक्न दोधारा चाँदनीमा हिमालय उपभोक्ता समितिद्धारा एलपी ग्यास बितरण


दोधारा 

दाउराको खपत गर्दा वन विनाश बढ्ने भन्दै दोधारा चाँदनी नगरपालिकामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गत गठित हिमालय मध्यवर्ती उपभोक्ता समितिले स्थानियहरुलाई चुल्हा सहित एलपी ग्यास सिलिण्डर वितरण गरेको छ् । दाउरा प्रयोग गर्दा दिन दिनै रुख विनाश हुदै गएको भन्दै हिमालय मध्यवर्ती उपभोक्ता समितिले स्थानियहरुलाई चुल्हा सहित एलपी ग्यास सिलिण्डर वितरण गरेको हो । हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनी वडा नं. ४ ले आफ्नो सेवा क्षेत्रमा रहेका बिपन्न तथा गरिब परिवारजनहरुलाई छनौट गरि १५ घरधुरीलाई आज एक कार्यक्रमको बिच चुल्हा सहित एलपी ग्यास सिलिण्डर बितरण गरेको हिमालय मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर सिंहले जानकारी दिएका छन् ।

No description available.

उपभोक्ता समितिले दलित, एकल महिला र विपन्न घरपरिवारलाई छनौट गरि १५ घरधुरी परिवारलाई चुल्हा सहित एलपी ग्यास सिलिण्डर वितरण गरेको हिमालय मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर सिंहले बताएका छन् । गत वर्ष पनि हिमालय मध्यवर्ती उपभोक्ता समितिले स्थानियहरुलाई चुल्हा सहित एलपी ग्यास सिलिण्डर वितरण गरेको हो । घरायसी प्रयोजनका लागी दाउरा बाल्न रुख काट्दा वन फडानी हुदै आएको भन्दै हिमालय मध्यवर्ती उपभोक्ता समितिले कार्य योजना बनाएर वन विनाश रोक्न गत बिगतका दिनहरु देखि स्थानियहरुलाई चुल्हा सहित एलपी ग्यास सिलिण्डर बितरण कार्य अघि बढाएको हो । खासगरी गरिव, बिपन्न, दलित र एकल महिलालाई बैकल्पिक उर्जा कार्यक्रम अन्तर्गत चुल्हा सहित एलपी ग्यास सिलिण्डर वितरण गरिएको बताईएको छ् । ‘यस्तै तरिकाले वन मासेर दाउरा उत्पादन गर्दै जाने हो भने त केही वर्ष भित्रै वन सकिने निश्चित भयो, त्यसैले बिकल्पमा हामीले चुल्हा सहित एलपी ग्यास सिलिण्डर बितरण गरेका हौंं’ हिमालय मध्यवर्ती उपभोक्ता समितिका सदस्य लोक बहादुर चन्दले भने । खाना पकाउने प्रयोग हुने दाउरा उत्पादन सामुदायिक वन क्षेत्रबाटै हुने भएकाले यसबाट वर्षेनी वन विनाश बढ्दै गएको पाएपछि रुख काट्ने काममा कमी ल्याउन चुल्हा सहित एलपी ग्यास सिलिण्डर बितरण गरिएको समितिका सदस्य लोक बहादुर चन्दको भनाई रहेको छ् ।

चुल्हा सहित एलपी ग्यास सिलिण्डर बितरण संगै स्थानियहरुलाई स्वरोजगार बनाएर आय आर्जन गराउने नीति पनि उपभोक्ता समितिले लिएको छ् । हिमालय मध्यवर्ती उपभोक्ता समितिले स्थानीयहरुलाई आय आर्जन गराएर आत्मनिर्भर बनाउने उदेश्यले वार्षिक कार्य योजनामै ‘स्वरोजगार कार्यक्रम’ को नीति लिएको छ् । सो कार्यक्रम अन्तर्गत स्थानियहरुलाई बाख्राका खोर बितरण लगाएत कृषि उद्यमका कार्यक्रम समेत अघि बढाईएको छ् ।चुल्हा सहित एलपी ग्यास सिलिण्डर वितरण कार्यक्रममा हिमालय मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर सिंह, उपाध्यक्ष लक्ष्मी देबी सिंह, सदस्य लोक बहादुर चन्द, धनसरा चन्द, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाँउका रेन्जर दिनेश कुमार यादव लगाएत हिमालय मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारीहरु तथा स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो । चुल्हा सहित एलपी ग्यास सिलिण्डर पाएपछि स्थानियहरु खुशी भएका छन् ।


ताजा समाचार

spot_img