दोधारा

समुदाय प्रहरी साझेदारी अभियान अनुसार दोधारा चाँदनीमा भानु माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा छलफल गरेका छन् । ईलाका प्रहरी कार्यालयमा हुने गरेको दैनिकी कार्यको बिद्यार्थीहरुले जानकारी लिएका छन् । प्रहरी कार्यालयमा भएको संचार कक्ष, थुनुवा कक्ष, मुद्धा कक्ष लगाएत बारेमा बिद्यार्थीहरुले जानकारी संग कौतुहलता राखेका थिए । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले ईलाका प्रहरी कार्यालयको गरिने दैनिक गतिबिधी र अपराध गर्नेहरुलाई कसरी अनुसन्धान गरिन्छ भन्ने बारेमा बिद्यार्थीहरुलाई जानकारी दिएका थिए । समाजमा देखिएको साईवर क्राईम, सडक दुर्घटना, चोरी, हत्या, घरेलु हिंसा लगाएत कसुरवाललाई कस्तो सजाय दिईन्छ भन्ने बारेमा समेत प्रहरी निरिक्षक बमले बिद्याथीहरुलाई बताएका थिए ।


समाजमा अपराधिक गतिबिधी रोक्न सबैको दायित्व भएको बताउदै प्रहरीलाई समुदायको सहयोग बिना केही गर्न नसक्ने ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले बिद्यार्थीहरु संगको छलफलमा बताएका छन् । भानु माध्यमिक बिद्यालयका कक्षा ११ का बिद्यार्थी अर्चना सुनारले प्रहरीले समाजमा कसरी अपराध नियन्त्रण कस्तो प्रकारले आफ्नो कार्यक्रम बनाउछ भन्ने कोतुहलता राखेका थिए । बिद्याथी अर्चना सुनारले प्रहरी देखि डर मान्ने आफुले आज आफ्नो साथी भाई संग ईलाका प्रहरी कार्यालय भित्र गएर कार्यालयको सम्पुर्ण काम काजको बारेमा जानकारी लिन पाउदा प्रहरी कार्यालय प्रति आफनत्व भएको महशुस गरेको उनले बताए । प्रहरी र नागरीक बीचको समन्वयले मात्रै समाजमा शान्ति सुरक्षा कायम गर्न सकिने भन्दै ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले ‘प्रहरी संग एक दिन’ कार्यक्रम सम्पन्न गरेको छ । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ स्थित भानु माध्यमिक बिद्यालयका कक्षा १० र ११ का छात्र, छात्रा ईलाका प्रहरी कार्यालयमा निमन्त्रण गरेर सामुदाय प्रहरी साझेदारी अन्र्तगत कार्यक्रम गरिएको हो ।


कार्यक्रममा विद्यार्थीहरुलाई प्रहरी र नागरिक बीचको साझेदारीको अवधारण, नागरीक सुरक्षामा प्रहरीको महत्व, प्रहरी प्रति सकारात्मक धारणाको विकास, प्रहरी सेवा प्राप्त गर्ने प्रकृया लगाएतका बिषयमा जानकारी गराईएको थियो । त्यस्तै प्रहरी कार्यलय तथा प्रहरी सेवाको प्रत्यक्ष अवलोकन गरी प्रहरी सेवा प्रवाह सम्बन्धी जानकारी समेत विद्यार्थीहरुलाई गराईएको थियो । पछिल्लो समय युवाहरु माँझ मौलाउदै गरेको लागु पदार्थ दुव्र्यसनी, बालविबाह र सवारी साधन चलाउदा उलंघन हुने ट्राफिक नियमका विषयमा समेत विद्यार्थीहरुलाई जानकारी गराईएको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई ट्राफिक नियमको विषयमा आफू सचेत हुने र अरुलाई पनि सचेत गराउन विद्यार्थीको भुमीका महत्वपुर्ण हुने इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले जानकारी गराएका थिए ।

भानु माध्यमिक बिद्यालयका झण्डै १ सय जना विद्यार्थीहरु ‘प्रहरी संग एक दिन’ कार्यक्रममा सहभागिता भएका थिए । स्कुलले विभिन्न समयमा यस किसिमका सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको विद्यालयका शिक्षकहरुले जानकारी दिए । बालविवाह, बहुविवाह, लागुपदार्थ दुव्र्यसनी जस्ता समस्याहरु चुनौतिको रुपमा रहेकाले यसको न्युनिकरणका लागि प्रहरीले प्रत्येक बिद्यालय र समुदायमा साझेदारी गरी विभिन्न किसिमका योजना बनाई कार्यक्रम गर्दै आएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । ‘हर प्रहर, गाँउ र नगरी, टोल–टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ सुरु भएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम दोधारा चाँदनी नगरपालिका क्षेत्रमा शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि लक्षित रहेको बताईएको छ् ।






