कञ्चनपुर,


सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको स्टार सिटी युवा क्लब धनगढीले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा तेस्रो जित निकाल्दै अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ। शनिबार नेपालगन्ज रंगशालामा स्टार सिटीले धम्बोझीलाई ३–१ ले पराजित गरेको थियो।


जितसँगै लगातार तीन खेल जित्दै स्टार सिटी लिग अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । स्टारले लगातार ३ खेल्दै ९ अंक जोडन सफल भएको छ ।
स्टारको जितमा टोप बहादुर विष्टले आठौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । स्टारका लागि रुप बहादुर लामाले ४१औं मिनेट र दिपक राज सिंह ठकुरीले ६६औं मिनेटमा गोल गरेका थिए । धम्बोझीको तर्फबाट बिसन गुरुङले ६१औं मिनेटमा सान्त्वना गोल गरेका थिए । खेलमा स्टार सिटीका रुप बहादुर लामा म्यान अफ द म्याच घोषित भए । उनलाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले पुरस्कृत गरेका थिए ।

जितपछि स्टार सिटिका प्रशिक्षक ललित चन्दले च्याम्पियन बन्ने हौसला बढदै गएको आज हुने चौथो खेलमा पनि त्यतिकै राम्रो प्रतिस्पर्धा गरि जित आफ्नो पक्षमा ल्याउन सबै खेलाडी त्यतिकै महत्त्वपूर्ण भुमिका रहने उनले बताए।
लगातार जितको पर्खाइमा रहेको स्टार सिटिले आज चौथो खेलमा धादिङ समाजको दिउँसो ४ बजे सामना गर्ने छ। भने प्रतियोगिताको विजेता अर्थात च्याम्पियन टिमले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउने छन् ।
