बेलडाँडिमा ५६ औ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस मनाइयो


कञ्चनपुर ,

बेलडाँडी दलित हकहित संजाल र दलित महिला संघ (FEDO) को सयुक्त आयोजनामा बेलडाँडी गाउपालिकाको सहयोगमा ५६ औ अन्तरास्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवस एक कार्यक्रमका बिच मनाएका छन।

बेलडाँडिको मुख्य बजार चवन्नी देखि सुरु भएको र्यालि गाउपालिका नजिक कोण सभामा परिणत भएको थियो।बेलडाँडी दलित हकहीत संजालका अध्यक्ष दिनेश सुनारको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमका प्रमुख अथिती बेलडाँडी गा पा का अध्यक्ष धन बहादुर थापा छेत्री हुनुहुन्थ्यो ।विभिन्न राजनिती दलका नेता ,जनप्रतिनिधि र दलित महिला पुरुष सम्म्लितित कार्यक्रममा आगामी गाउपालिका को नीति तथा कार्यक्रम मा दलितह लाई विशेष प्राथमिकता मा राखेर निति कार्यक्रम ल्याउन समेत माग गरिएको अघि सारेका छन्।

फेडो जिल्ला कार्यक्रम संयोजक नर बहदुर आउजी ले संचालन गरिएको कार्यक्रम मा विभिन्न बक्ताले भनाइ हरु राखेका थिय।दलित हकहीत संजाल बेलडाँडिका सचिब रमेश चनारा ले राज्य देखि हेपियको दबियका ले राज्यले निकै विभेद मा पारेको समुदायको लागि अगमी कार्ययोजनामा दलित हरुको लागि शिक्षा र आय आर्जन मुलक सीप को ब्यबस्था गर्न माग गरेका छन।साथै केही दिन मै दलित माग सहित को ग्यापन पत्र गाउपालिकामा बुझाउने र मागहरु सम्बोधन नभय कडा आन्दोलन गर्ने अध्यक्ष सुनारले बताएका छन् ।


ताजा समाचार

spot_img