विपन्न दलित महिलालाई आत्मनिर्भर बनाउन तालिम


कञ्चनपुर

शुक्लाफाँटा नगरपालिका ९ का दलित महिलालाई सीप सिकाई आत्म निर्भर बनाईएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा महिला तथा बालबालिका संरक्षण सञ्जालको आयोजनमा महिलालाई पाँच दिने तालिम प्रदान गरिएको हो ।
तालिमा महिलालाई आलु चिप्स, आलु पापड, दाल मोढ, चामलको पापड, बालु शाही, टमाटर गल्का लगायत बनाउन तालिमको माध्यमबाट सिकाईएको सञ्जालका संयोजक मधु बोहराले बताइन ।

विपन्न अबस्थाका दलित महिलालाई सीप सिकाई आयआर्जन गरी आत्म निर्भर बनाउनका लागि दक्ष जनशक्ति उत्पादन गरिएको उनले बताईन ।नगरपालिकाका उप प्रमुख तुलसी देवी हमालले तालिमका सहभागीहरुलाई सीकेको सीपलाई व्यवहारमा उतारेर आर्थिक रुपमा सवल बन्नु पर्ने बताईन ।‘कुनै समस्या परे वडामा महिला वडा सदस्यहरु छन’ उनले भनिन् ‘नगरमा म छु खवर गर्नोस । सबै मिलेर सकिने सहयोग गर्न प्रतिवद्ध छौं ।’ लोकलाजलाई छाडेर समाजीक कार्यमा अग्रसर हुनु पर्ने उनले बताईन । वडा अध्यक्ष रमेश बहादुर ऐरले वडाले सक्दो बजेटको व्यवस्था गरी विपन्न अबस्थाका महिलाको आर्थिक अबस्थामा सुधार ल्याउनका लागि तालिमका माध्यमबाट प्रयत्न गरेको बताए ।

तालिम लिए पछि सामुहिक रुपमा काम गरेर आत्मनिर्भर बन्नु पर्ने उनले बताए । समाजमा पछाडी परेका व्यक्तिहरुका लागि वडाले कार्य अगाडी बढाउदै आएको उनले बताए । प्रत्येक बर्ष विपन्न अबस्थाका व्यक्तिहरुका लागि आय आर्जनका कार्यक्रम सहित स्वास्थ्य शिविर, पशु शिविर लगायतका कार्य अगाडी बढाउदै आएको उनको भनाई थियो । तालिम समापन कार्यक्रममा कार्यपालिका सदस्य विमला सार्किले महिला आर्थिक रुपमा आत्मनिर्भर भए हिंसामा नपर्ने बताईन । समापन कार्यक्रमको सञ्चालन पुष्पा केसीले गरेकी थिईन । तालिममा २५ जना महिलाको सहभागीता रहेको थियो ।


ताजा समाचार

spot_img