भागरथी हत्या प्रकरण : शुरुमा अभियोग स्वीकार गरेका दिनेशले बयान फेरे

घाँटिमा छुरा तेस्र्याएपछि अपराध स्वीकार गरेको हुँ

कञ्चनपुर
बैतडी दोगडाकेदार गाँउपालिका ७ चडेपानीकी १९ बर्षिया किशोरी भागरथी भट्ट हत्या प्रकरणले नयाँ मोडलिएको छ । गत ५ फागुनमा भागरथी हत्या प्रकरणमा बैतडी प्रहरीले १७ बर्षिया किशोर दिनेश भट्टलाई सार्वजनिक गरेको थियो ।
जिल्ला आदालत बैतडीले दिनेशलाई पुरपक्षका लागि बाल सुधार गृहमा पठाउन निर्देशन अनुरुप हाल बाल सुधार गृहमा रहेका दिनेशले बाबु दिपकराज भट्टसंग भागरथीको हत्या आफुले नभई अरुले गरेको बताएपछि घटनाले नयाँ मोड लिएको हो । २१ माघ विद्यालयबाट घर फर्किने क्रममा लवलेक जंगलमा भागरथीको बलात्कारपछि हत्या गरेको अवस्थनमा फेला परेकी थिईन ।

४ फागुनमा पक्राउ परेका दिनेशलाई हत्या अभियोगमा ५ फागुनमा सार्वजनिक गरेको थियो । बाल सुधारगृहमा रहेका दिनेशले बाबु दिपकराजलाई टेलिफोनमा हत्या आफुले नभर्इं दोगडाकेदार गाँउपालिकाका एक कर्मचारी सहित दुई जनाले हत्या गरेको बताएका छन । आइतबार दिनेशका बाबु दिपकराजले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै भागरथीको हत्या दिनेशले नगरेको दलिल दावि गरेका छन । पत्रकार सम्मेलनमा दिनेशबा बाबु दिपकराज भट्टले भने, ‘उतिबेला छोराले भागरथीको हत्या गरेको मैरै सामु स्वीकार गरेका थिए, आज आएर घटनाको वास्तविकता बताईरहेको छ ।’ दिनेशका कुराका आधारमा छोराले भागरथीको हत्या नगरेको उनको भनाई छ । ‘छोराले मसंग भागरथीको हत्या आफुले नभई अरुले गरेको बतायो, ‘दिनेशका बाबुले भने, ‘म फेरी उतै सुधारगृहमा भेट्न गए कुराकानी गरे, प्रहरीकै सामु छोराले हत्या आफुले नभई दोगडाकेदारका कर्मचारीले गरेको बतायो ।’ पत्रकार सम्मेलनमा दिनेशका बाबुले भने, म हिजो दिपायल सिलगढी गए । अस्थी फोनमा छोराले बुवा मैलै मारेको होईन भनेर भन्यो, घर परिवारलाई मार्ने हुन भेनर मैले स्विकारेको हुँ तपाई तराईमा गएपछि अब परिवारलाई नमार्ने हुने देखे पछि अहिले भनेको हुँ । छोरालाई भेटन ५ मिनेट समय दियो ।

छोरासंग दुई प्रहरीसहित आएका थिए । उनकै सामु छोरालाई मैले जे भएको हो, त्यही भन्नु झुट नबोल्नु भनेपछि छोराले म विद्यालय बाट फर्किदै थिए । भारगथी हत्या भएको स्थानमा म पुग्दा मेरो घाँटीमा चाखु लगायो । २ जना थिए एकलाई चिने अर्कालाई चिनेन । मेरो पहुँच धेरै छ, तेरो बाबु तेरा भाईलाई अस्पताल लैजान्छ, कहिकतै भने बाबुलाई मारिदिन्छु भन्यो, बाबु मर्नुभन्दा त अपराध स्वीकार गरेको हुँ । बाबुको हत्या पछि आफुलाई कसले हेरिदिन्छ भन्दै छोराले स्वीकार गरेको भन्दै दिनेशका बाबुले बालको चरित्र हत्या र घटनाको वास्तविकता खोज हुनुपर्ने माग अघि सारेका छन । उनले भारगथी हत्या प्रकरणमा छोरा बाल सुधारगृहमा भएपछि उनका सहकर्मी देखेर अर्कोमन भएपछि त्यहाँ बस्न नसकेपछि पहाडबाट तराई महेन्द्रनगर आएको बताए । ‘मैले पहाड उताको घर छाडिदिए, ‘उनले भने, ‘अहिले तराई महेन्द्रनगर आएर डेरामा बसेको छु ।’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी
उपरीक्षक मुकेश कुमार सिहले घटनाको विभिन्न कोणबाट दिनेश नै अभियुक्त देखिएको बताए । ‘घरपरिवार, आदालत, सरकारी वकिल कार्यालय, न्यायाधिशकै सामु उनले हत्या स्वीकार गरेका छन, ‘प्रदेश प्रहरी प्रवक्ता सिहले भने, ‘सबै कोणबाट अभियुक्ती दिनेश नै हुन हामी ढुक्क छौँ ।’ तथ्य प्रमाण र परिस्थितिले जुन व्यक्तिलाई देखायो, त्यही माथि अनुसन्धान भएर आदालतमा पेश गरिएको बताउदै उनले घर परिवारबाट हुने टुईष्ट घटना मोडनका लागि भएको उनको दावि छ ।

ताजा समाचार