धनगढी
सुदुरपश्चिम कथाव्यास क्षेत्रीय तयारी समिति र राष्ट्रिय कथाव्यास समितिको धनगढीमा सप्पन्न प्रथम क्षेत्रीय सम्मेलनले मानसखण्ड पन्चाङ्गका प्रकाशक, पन्चाङ्गकार र कथाव्यास लक्ष्मीकान्त जोशी लगायत १९ जनालाई सम्मान गरेको छ।धनगढीमा रहेको लक्ष्मिनारायण मन्दिरमा भएको भब्य कार्यमा उहाँहरुले यस क्षेत्रको धार्मिक पाटोमा लामो समयसम्म कथाश्रबण गराइ आफ्नो धर्म संरक्षणको लागि अमुल्य योगदान पुर्याएकोले सम्मान गरिएको आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा बक्ताहरुले हिन्दु धर्मलाइ सिध्याउन पटक पटक विभिन्न खाले प्रपन्च रचिदै आएकोमा चिन्ता ब्यक्त गरेका छन । पछिल्लो समय हिन्दु धर्मको अस्तित्व मेटाउन फुट र राज गरको नीति अनुरुप बिधर्मीहरु सकृय भएकोमा हिन्दु जागरण अभियानका अध्यक्ष रामकृष्ण उपाध्यायले चिन्ता गरे। सनातन धर्मलाइ सक्काउन सरकार समेत लागेको आरोप लगाउदै हिन्दु भित्रका सम्प्रदायलाई फुटाएर आगामी जनगणनामा मस्टोपुजनलाई धर्मको महलमा राखेकोमा उपाध्यायले घोर आपत्ती जनाएका छन।
नेपाल हुँदै बिश्वभरिका हिन्दु धर्मालम्बी एक गराएर जागुरुक बनाउने उद्देश्यले आफू हिडेको र अग्रजहरुले आफ्नो धर्म रक्षार्थ आफ्नो उर्जावान समय दिएकोमा उहाको आशिक र कामको सम्मानकोलागी सम्मान गरेको आयोजक समितिका आचार्य घनश्याम लेखकले बताए। उक्त कार्यक्रममा सम्मानित हुनेमा सुदुर पश्चिममा लामो समय कथाव्यासको भुमिका निभाएका ६० बर्ष माथिका ज्यो।प। लक्ष्मीकान्त जोशी, कृपाचार्य अवस्थी, मोहनचन्द्र जोशी, मनिराज जोशी, मनिराम पनेरु, रमानन्द जोशी, चेतराज उपाध्याय लगाएत रहेका छन।