दोधारा चाँदनीमा नेपाल दलित संघ नगर सम्मलेन सम्पन्न

दोधरा
नेपाली काग्रेंसका भातृ संगठन नेपाल दलित संघको प्रथम नगर सम्मेलन दोधारा चाँदनीमा सम्पन्न भएको छ् । शनिबार एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकामा नेपाली काग्रेंसको प्रथम नगर सम्मलेन सम्पन्न भएको हो । नेपाल दलित संघका क्षेत्रिय सभापती पदम बहादुर सुनारको सभापतित्वमा संचालन भएको कार्यक्रमका प्रमुख अतिथी नेपाली काग्रेंस कञ्चनपुरका जिल्ला सभापती हरि बोहरा रहेका थिए भने, कार्यक्रममा टेक बहादुर रैका, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, नेपाली काग्रेंस क्षेत्र नं. ३ क्षेत्रिय सभापती गोपाल भट्ट, नेपाली काग्रेंस महाधिबेसन प्रतिनिधी बेल बहादुर राना, नेपाली काग्रेंस महाधिबेसन प्रतिनिधी हरिहर परियार, नेपाल दलित संघ जिल्ला सभापति गणेश नेपाली, नेपाल दलित संघ जिल्ला उपसभापती दिलाराम टमाटा, नेपाल दलित संघ केन्द्रिय उपाध्यक्ष पवन नेपाली, नेपाली काग्रेंस दोधारा चाूदनीका नगर सभापति डम्मर चन्द, सचिव राजेन्द्र मल्ल, नेपाल तरुण दल दोधारा चाँदनी नगर सभापति डम्मर राना लगाएत नेपाली काग्रेंसका नेता, दलित नेताहरु, स्थानिय तथा कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।

No description available.

नेपाली काग्रेंसका भातृ संगठन नेपाल दलित संघको प्रथम सम्मलेनमा उल्लेखनिय सहभागिता रहेको बताउदै बक्ताहरुले नेपाली काग्रेंसको छाता मुनी रहेर दलितहरुको आवाज बुलन्द गर्दै आएका नगरका दलित अगुवाहरुलाई धन्यबाद दिएका छन् । दलितहरुको समस्यालाई सम्बोधन गर्ने पार्टी नेपाली काग्रेंस मात्रै एक पार्टी रहेको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सचिव राजेन्द्र मल्लले बताएका छन् । उनले दोधारा चाँदनी नगरपालिका क्षेत्रको बिकास गर्ने पार्टी नेपाली काग्रेंस मात्रै एक पार्टी रहेको हुदा अबका दिनहरुमा जनताले बुझेर नेपाली काग्रेंसमा आकर्षित हुदै आएको बताएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रको बिगतका दिनहरु देखि नेपाली काग्रेंसनै बिकास गर्ने पार्टी भएको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सचिव राजेन्द्र मल्लले बताउदै अन्य दलका सरकारले के गरेका छन भन्ने प्रश्न राखेका थिए । महाकाली झोलुङ्गे पुल, महाकाली ४ लेनको पक्की पुल, मलेरिया नालामा पक्की पुल, जगबुडा नदीमा पुल लगाएत बिद्यालय, शिक्षा लगाएत क्षेत्रमा नेपाली काग्रेंसको पालाका सरकारले उल्लेखनिय बिकासको कार्य गरेको र बर्तमान दुई तिहाईको सरकारले बिकासको काम गर्नुको साटो आपसी बिबाद चर्काएर देशलाई दुर्घटना तिर लग्दै गरेको उनले आरोप लगाएका छन् ।

No description available.
सरकारले संबिधानको मर्म र भावना विपरित काम गर्दै हिडेकाले कम्युनिष्ट नेतृत्वको सरकार लामो समय नटिक्ने नेपाली काग्रेंस महाधिबेसन प्रतिनिधी बेल बहादुर रानाले आरोप लगाएका छन् । बर्तमान सरकार तानाशाह शैलीमा अगाडी बढेको बताउदै नेपाली काग्रेंस महाधिबेसन प्रतिनिधी रानाले नेपालमा तानाशाह सम्भव नभएकोे उनले जिकिर गरेका छन् । दोधारा चाँदनी नगर क्षेत्रमा नेपाल दलित संघको उत्साहजनक सहभागिताले आफ्नो थप हौसला बढेको बताउदै दलितको हकहितको रक्षाको लागी नेपाली काग्रेंसले बिगतका दिनहरु देखि लड्दै आएको उनको भनाई रहेको छ् । सम्मेलनले नेपाल दलित संघ दोधारा चाँदनी नगर कार्य समिति समेत चयन गरेको छ् । कमल सुनारको सभापतित्वमा १७ सदस्यीय नेपाल दलित संघ दोधारा चाँदनी नगर कार्य समिति चयन गरिएको नेपाल दलित संघका क्षेत्रिय सभापती पदम बहादुर सुनारले जनाएका छन् । उपाध्यक्षमा जनक औंजी, पुजा सुनार, थिर बहादुर सुनार, सचिवमा निर्मला सुनार, सह-सचिवमा करन सुनार, भरत सरचन, प्रकाश सुनार गरि १७ सदस्यीय नेपाल दलित संघ दोधारा चाँदनी नगर कार्य समिति चयन गरिएको नेपाल दलित संघका क्षेत्रिय सभापती सुनारले बताए । चयन भएका सबै पदाधिकारीहरुलाई बधाई तथ कार्यकालको शुभकामना दिईएको थियो ।

 

ताजा समाचार