मालपोत कार्यालय कञ्चनपुरका अधिकृत घुससहित पक्राउ

कञ्चनपुर ,
मालपोत कार्यालय कञ्चनपुरका एक अधिकृत घुस रकमसहित पक्राउ परेका छन् ।

बिहिवार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकृत लोकराज जोशीलाई २४ हजार नगदसहित पक्राउ गरेको हो ।

सेवाग्राहीबाट २४ हजार नगद लिइरहेको अवस्थामा जोशी पक्राउ परेको अख्तियारले जनाएको छ ।
गत वर्ष पनि मालपोतकै कर्मचारी डेढ लाख नगदसहित पक्राउ परेका थिए ।

ताजा समाचार