कञ्चनपुर

बल्चौर बन तथा वातावरणीय स्रोत विकास केन्द्र नेपालको आयोजना तथा नेपाल पानी परियोजनाको आर्थिक सहयोगमा यस भीमदत्त न.पा.वडा नं. १३ मा समन्वयात्मक बैठक बसेको छ ।


भीमदत्त नगरपालिका अन्तर्गत पर्ने तल्लो महाकाली जलाधार क्षेत्रमा उत्खन्नको अवस्था सामान्य रहेको तर कति पय ठाँउमा फोहर फाल्ने कार्य भइरहेको जसका कारण मानिसको स्वास्थ्यमा र नदिको प्रणाली मा सहित असर पर्ने भएकोले आज बसेको बैठकले नदी जन्य तथा फोहोर व्यवस्थापनको गर्ने बारेमा निर्णय गरेको छ ।


उक्त बैंठक भीमदत्त नगरपालिका–१३ का वडा अध्यक्ष लाल बहादुर शाहीको अध्यक्षतामा भएको थियो भने वडाका सदस्य लगायत सरोकारवालाको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन बल्चौर बन तथा वातावरणीय स्रोत विकास केन्द्र नेपालकी फिल्ड अफिसर सारदा जोशीले गर्नु भएको थियो ।






