क्ञ्चनपुर

क्ञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो दुरीको सडक दैजी बेलडाँडी हो । उक्त सडक हुलाकी राजमार्ग अन्र्तरगत पर्छ । सडक कालोपत्रेका लागि काँग्रेस नेता एव परशुराम नगरका मेयर भीम साउदको निर्माण कम्पनीले लिएको छ । तर, सडक निर्माणका बेवास्ता र ढिलासुस्तीले यस अघि बेस निर्माण भएपनि बिग्रीन थालेको छ । सडकमा बिछाईएका ग्राभिलिङ्ग ढुङ्गाका कारण दृर्घटना निम्तिरहेका छन । दैनिक जस्तो सवारी दुर्घटना भईरहेका छन ।

बेलडाँडीका स्थानीय गोपाल कुँवरले बुधबार बेलडाँडीदेखि दैजी तर्फ जान लागेको एक टिप्पर पनि सडकबाट चिप्लिएर नहरमा पल्टिएको छ । टिप्पर दुर्घटनामा मानविय क्षति नभएको उनले बताए । तिव्र गतिमा हुँदा सडकमा ढुङ्गा चिम्लिएर दुर्घटना भएको छ । सडक निर्माणमा वेवास्ता गरेका कारण दुर्घटना मात्र नभई पुरै सडक धुलाम्मे हुँदा जनस्वास्थ्यमा समेत असर परेको छ । बेला बेलामा स्थानीयले ठेकेदारलाई समयमै कालोपत्रेका लागि माग गर्दा समेत वेवास्ता गर्दैै आएको छ ।

