मानव बेचबिखन तथा ओसारपसार विरुद्ध माईती नेपालको यातायातकर्मी संग अन्तरक्रिया


कञ्चनपुर

मानव बेचबिखन विरुद्ध क्रियाशिल संस्था माइती नेपाल कञ्चनपुरले कञ्चनपुर जिल्लामा सञ्चालन भएका विभिन्न यातायात प्रालीहरुमा संलग्न यातायातकर्मी संग मानव बेचबिखन तथा ओसारपसार विरुद्ध एक दिने अन्तरक्रिया बैठक सम्पन्न गरेको छ् । कार्यक्रममा महाकाली बस समिति, पवनदुत यातायात समिति, नमस्ते यातायात समिति, अटो व्यवसाय समिति तथा अटो चालकहरुको सहभागिता रहेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् । मानव बेचबिखन विरुद्धको कानुनी प्रावधान, मानव बेचबिखन हुने कारण, मानव बेचबिखनमा पर्न सक्ने जोखिमका बारेमा अनुशिक्षण गरिएको संयोजक भट्टले बताएका छन् ।

No description available.

यातायातकर्मीहरुलाई मानव बेचबिखन कसरी हुन्छ ? यातायातकर्मीले मानव बेचबिखन न्युनिकरण गर्न कस्तो भुमिका खेल्न सकिन्छ ? भन्ने कुरा छलफल गरी मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सबैलाई एक्कबद्धता गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टको भनाई रहेको छ् । यातायात व्यवसायीले यात्रुलाई गन्तव्य सम्म पु¥याउनु पहिलो दायित्व भएको र यात्राका क्रममा कोही जोखिममा रहेका महिला, बालबालिका लगाएत अन्य यात्रुहरुले यातायातका साधनहरु प्रयोग गरी सिमा पार गरिरहेको अवस्थामा शंकाका आधारमा सम्बन्धीत निकाय सम्म पु¥याउन माइती नेपाल संग समन्वय र सहकार्य गर्दै आएको महाकाली यातायात व्यवसायीका अध्यक्ष डम्मर राज पन्तले कार्यक्रम बताएका छन् ।

No description available.

‘आगामी दिनहरुमा पनि सहकार्यलाई निरन्तरता दिदै आउने छौ’ महाकाली यातायात व्यवसायीका अध्यक्ष डम्मर राज पन्तले भने । सम्पुर्ण यातायातकर्मीहरु मानव बेचबिखन विरुद्धको नीति नियम बारे पुर्णरुपमा अवगत नभएको हुदा यातायातकर्मीहरुलाई यस्तो कार्यक्रम ल्याएकोमा माइती नेपाललाई उनले धन्यवाद दिएका छन् । यस्ता कार्यक्रमहरु खुला सबैको सामु सम्पुर्ण यातायात व्यवसायीलाई पनि सचेत पार्नको लागि माइती नेपालले यस्तो कार्यक्रम आगामी दिनहरुमा ल्याउन आवश्यक रहेको कार्यक्रमा सहभागीहरुले बताएका छन् । सभागीहरुले सम्पुर्ण कञ्चनपुर यातायात व्यवसायी र सम्पुर्ण यातायात संस्थालाई माइती नेपाल संग सहकार्य गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । यस्ता प्रभावकारी जनचेतनामुलक जानकारी हामी सम्पुर्ण यातायातकर्मीहरुलाई थाहा नभएको र यस्ता कार्यक्रम हामी सम्पुर्ण यातायातकर्मीहरुलाई अति आवश्यक रहेको पवनदुत यातायातका मेघराज जोशीले बताए ।

No description available.

मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जनचेतना जगाउने कार्यक्रमका लागि नगरपालिका, यातायात व्यवसायी संग समन्वय गरेर बिभिन्न स्थानमा होडिङ्ग बोर्ड, बसमा स्टिकर राखेर जनचेतना फैलाउदा अति नै प्रभावकारी हुने उनको भनाई रहेको छ् । नेपालबाट भारतका लागि यात्रा तय गर्ने बसहरुको दिल्ली स्थित बस पार्कमा पनि सहकार्य गरेर नेपालबाट गएका महिला तथा बालबालिकालाई भारतको दिल्ली पुगिसकेको अवस्थामा पनि बेचबिखनमा पर्नु अवागै उद्धार गर्न सकिने दोधारा चा“दनी, अटो चालक प्रदिप चन्दले बताएका छन् । पछिल्ला दिनहरुमा पनि हामीले शंकाष्पद महिला, बालबालिका भेटेको अवस्थामा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध क्रियाशिल संस्था माईती नेपाललाई जानकारी गराउदै आएको र आगामी दिनहरुमा पनि माइृती नेपाल संग सहकार्यलाई निरन्तरता दिदै मानव बेचबिखन तथा ओसारपसारलाई न्युनिकरण गर्न हामी अटो व्यवसायी माईती नेपाल संग समन्वय र सहकार्य तयार रहेको दोधारा चा“दनी, अटो चालक प्रदिप चन्दको भनाई रहेको छ् ।

‘हाम्रो आवाज चेलिबेटी बेचबिखनबाट मुक्त समाज’ भन्ने मुल नाराका साथ माईती नेपाल कञ्चनपुरले कञ्चनपुर क्षेत्रमा मानव बेचबिखन रोकथामका लागि जनचेतना मुलक कार्यक्रमहरु समुदाय स्तर सम्म पुगि संचालन गर्नृका साथै बिभिन्न मुख्य मुख्य नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपुर्ण यात्रामा रहेका महिला वालवालिकाहरुको उद्धार, भारत लगाएतका देशहरुमा यौन एवं श्रम शोषणमा परेका महिला वालवालिकाहरुको उद्धार, आवशिय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगाएतका सेवा प्रदान गर्दै शिप मुलक तालिम सहित परिवार र समाजमा पुर्नमिलन लगाएतका कार्य गर्दै आइरहेको माईती नेपाल कञ्चनपुरले जनाएको छ् ।


ताजा समाचार

spot_img