‘निड्स नेपालको प्रि–पेड कार्ड बितरण कार्यको छानबिन गर्न १७ सदस्यीय छानबिन समिती गठन गरिएको छ् । प्रेम खत्रीको संयोजकत्वमा १७ सदस्यीय छानबिन समिती संगै वार्ता टोली गठन गरिएको उनिहरुले बताएका छन् । चाडो भन्दा चाडो छानबिन सहित दोषी उपर कार्वाही नभए कडा आन्दोलन गर्ने स्थानिय प्रकाश गिरीले बताएका छन् । ‘हाम्रो माँग समयमा सम्बोधन नगरे कडा आन्दोलन गर्ने र आन्दोलनमा भएका क्षतीको जिम्मेवार दोधारा चाँदनी नगरपालिका कार्यालय र निड्स नेपालले जिम्मा लिनु पर्ने छ्’ प्रकाश गिरीले बताए । राहत बिषयको लिएर बिबाद श्रजना भएपछि दोधारा चाँदनी नगरपालिका कार्यालयले भोली बिहान वडा नं. १ का जनप्रतिनिधी, आन्दोलनकारी र प्रिपेड कार्ड बितरण घरधुरी छनौटमा रहेका निड्स नेपालका प्रतिनिधीहरु संग छलफल गर्ने दोधारा चाँदनी नगरपालिका कार्यालय श्रोतले जनाएको छ्’।

दोधारा

गैरसरकारी संस्था निड्स नेपाल कञ्चनपुरले राहत बितरणमा अनियमिता गरेको भन्दै आज पनि दोधारा चाँदनी नगरपालिका वडा नं. १ वडा कार्यालयमा घेराउ भएको छ् । उनिहरुले केही दिन अघि मात्रै निड्स नेपाल कञ्चनपुरद्धारा दोधारा चाँदनी नगरपालिका वडा नं. १ मा १ सय ७८ घरधुरीलाई प्रिपिड कार्ड मार्फत बितरण गरेको राहतमा आफन्त र आफ्ना कार्यकर्ताहरुलाई सहभागी गराई कोरोना संक्रमणको समस्या परेकाहरु गरिब तथा बिपन्न घरपरिवारलाई पाखा लगाएको भन्दै वडा नं. १ का स्थानियहरु २ दिन अघि देखि आन्दोलित हुदै आएका छन् । उनिहरुले हिजो वडा कार्यालयमा तालाबन्दी समेत गरेका हुन् । आज बिहानै दर्जनौ संख्यामा आएका स्थानियहरुले वडा कार्यालयमा प्रदर्शन संगै स्थानिय सरकार र वडाका जनप्रतिनिधीको बिरुद्ध नारा लगाउदै बिरोध जनाएका छन् । घरधुरीमा बिबरण संकलन गर्न गएका निड्स नेपालका कर्मचारी बिरुद्ध समेत नाराबाजी गर्दै सबैको मिलोमत्तोमा गरिबहरुलाई आएको राहतबाट आफुहरुलाई बन्चित बनाएको उनिहरुको भनाई रहेको छ् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले वडा कार्यालयमा तोडफोड हुनसक्ने आशंकामा हिजै देखि वडा कार्यालयलाई सुरक्षा दिदै आएका छन् । आन्दोलन दोधारा चाँदनी नगरपालिका कार्यालय आउन सक्ने सम्भावना भएको हुदा नगरपालिका कार्यालयमा समेत प्रहरीले सुरक्षा ब्यवस्था कडा बनाएको थियो । आन्दोलन दोधारा चाँदनी नगरपालिका कार्यालय भने आएन् । आन्दोलन वडा नं. १ क्षेत्रमा परिक्रममा गरि वडा प्रतिनिधीको घर नजिक पुगेर राहत बितरण कार्यको चर्को बिरोध जनाएका छन् । ‘स्थानिय सरकार मुर्दाबाद, जनप्रतिनिधी मुर्दाबाद, निड्स नेपाल मुर्दाबाद’ को चर्को नारा लगाएका थिए । वडाका सबै वडा जनप्रतिनिधीको घर छेउ पुगेर बिरोधको नारा लगाएपछि पुन ः वडा कार्यालयमा आएर स्थानियहरुले धर्ना जारी राखेका थिए । दोधारा चाँदनी नगरपालिका वडा नं. १ का वडा सदस्य गोबिन्द सिंह धानुकले आन्दोलन भन्दा छलफल बाट समस्या समाधान गर्न आग्रह गरेका थिए । वडा सदस्य धानुकले यस सम्बन्धमा दोधारा चाँदनी नगरपालिका कार्यालयमा आफुले छलफल गरेको उनले बताएका छन् । स्थानिय प्रदर्शनकारीहरुले राहत बितरण कार्यक्रम अनुसार जसले राहत पाउनु पर्ने हो उसले नपाएर धनी बर्ग र कोरोना संक्रमणमा घर चलाउन समस्या नभएकाहरुलाई राहत पाएको आरोप लगाएका छन् । कोरोना संक्रमणको बेला रोजगारी गुमेर घरमा चुल्हो जलाउन समस्या पर्दै आएकाहरुलाई राहत नदिएर धनी ब्यक्तीको घरपरिवारलाई राहत दिएको कमला सुनारले बताएका छन् ।
‘यो सबै काम निड्स संस्था र जनप्रतिनिधीको हो’ कमला सुनारले भनिन्– ‘उनिहरुले राजनितिक गरेका छन् ।’ निड्स नेपाल कञ्चनपुरले प्रि–प्रेड कार्ड मार्फत बितरण गरेको राहतको तत्काल छानबिन सहित दोषी उपर कार्वाही हुनु पर्ने उनीहरुको माँग रहेको बताए । निड्स नेपालको प्रि–पेड कार्ड बितरण कार्यको छानबिन गर्न १७ सदस्यीय छानबिन समिती गठन गरिएको छ् । प्रेम खत्रीको संयोजकत्वमा १७ सदस्यीय छानबिन समिती संगै वार्ता टोली गठन गरिएको उनिहरुले बताएका छन् । चाडो भन्दा चाडो छानबिन सहित दोषी उपर कार्वाही नभए कडा आन्दोलन गर्ने स्थानिय प्रकाश गिरीले बताएका छन् । ‘हाम्रो मा“ग समयमा सम्बोधन नगरे कडा आन्दोलन गर्ने र आन्दोलनमा भएका क्षतीको जिम्मेवार दोधारा चाँदनी नगरपालिका कार्यालय र निड्स नेपालले जिम्मा लिनु पर्ने छ्’ प्रकाश गिरीले बताए । कोभिड १९ बाट अति प्रभावित तथा अतिविपन्न परिवारलाई एमसिआईडी र प्रि–पेड कार्ड मार्फत निड्स नेपालले दोस्रो चरणको राहत कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिका वडा नं. १ र १० मा एमसिआईडी र प्रि–पेड कार्ड बितरण गरेको हो । मरसीकोर, प्लान ईन्टरनेशनल र युकेएडको सहयोग र निड्स नेपाल कञ्चनपुरको आयोजनामा दोधारा चाँदनी नगरपालिकामा पहिलो चरणमा वडा नं. ३ र ४ मा प्रि–पेड कार्ड मार्फत राहत उपलब्ध गराईएको थियो भने, दोस्रो चरणमा वडा नं. १ र १० मा एमसिआईडी र प्रि–पेड कार्ड बितरण गरिएको हो ।
वडा नं. १० का २ सय १६ घरधुरी र वडा नं. १ मा १ सय ७८ घरधुरीलाई एमसिआईडी र प्रि–पेड कार्ड बितरण गरिएको हो । पहिलो चरणको प्रि–पेड कार्ड मा रु. १३ हजार ५ सय रहेको थियो भने दोस्रो चरणको प्रिपिड कार्डमा रु. १० हजार २ सय ५० रुपिया रहेको बताईएको छ् । स्थानियहरुले प्रिपेड कार्ड बितरणको छनौट कार्यमा राजनितिकरण गरेको आरोप लगाउदै आएका छन् । राहत बिषयको लिएर बिबाद श्रजना भएपछि दोधारा चाँदनी नगरपालिका कार्यालयले भोली बिहान वडा नं. १ का जनप्रतिनिधी, आन्दोलनकारी र प्रिपेड कार्ड बितरण घरधुरी छनौटमा रहेका निड्स नेपालका प्रतिनिधीहरु संग छलफल गर्ने दोधारा चाँदनी नगरपालिका कार्यालय श्रोतले जनाएको छ् ।






