कञ्चनपुर
स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना समन्वय बैठकका सहभागिहरुले परियोजना संचालन भएका क्षेत्रहरुमा सरसफाइ र मानविय व्यवहारमा निक्कै परिवर्तन भएको बताएका छन । परियोजनाको कृयाक्लापले कोरोना रोकथाम र नियन्त्रणमा सहयोग पुगेको उहाहरुको भनाइ रहेको छ । निडस नेपाल र अक्सफमको साझेदारीमा २०२० जुन महिना देखि भीमदत्त नगरपालिकाको वडा नं.२,१९,९,१०,११,१२ र १३ नं. वडामा स्वच्छताका लागि व्यावहार परिवर्तन परियोजना एचबिसिसि संचालन गरिएको थियो । जस अन्तरगत सार्बजनिक स्थलहरुमा हेन्डवास स्टेशन निर्माण, विपन्न गरिब परिवरलाई २००० बाल्टिन र साबुन वितरण, तिन सय घरधुरीलाई चिसोमा प्रयोग गरिने विभिन्न सामग्री वितरण तथा जनस्वास्थयलाई ४ सय आइसोलेसन किट उपलब्ध गराएको छ ।

सय वटा समूहमा आमाका चमत्कारिक हात कार्यक्रम संचालन गरिएको छ । भीमदत्त नगरपालिकाको सभाकक्षमा समिक्षा बैठकको आयोजना गरिएको थियो । निडस नेपालका अध्यक्ष अन्जु भट्टको अध्यक्षतामा भएको समिक्षा बैठकमा भीमदत्त नगरापलिकाका नगर उपप्रमुख सुशीला चन्द सिह प्रमुख अतिथी रहनुभएको थियो भने परियोजना संयोजक प्रयागराज रेग्मीले कार्यपत्र प्रस्तुत गर्नुका साथै कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न वडाका वडा अध्यक्ष लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख सुशीला चन्द सिहले निरन्तर सरसफाइ आवश्यक रहेको भन्दै कार्यक्रमले सन्देश दिनुका साथै कोरोना रोकथामको अभियानमा सहजता भएको बताउनुभएको छ । स्वास्थ्य पहिलो र महत्वपुर्ण शर्त हुने भन्दै कार्यक्रम निरन्तरताका लागि आग्रह गर्नुभयो । बिभिन्न वडाका वडाअध्यक्षहरुले व्यावहार परिवर्तन सम्बन्धी कार्यक्रम आफुहरुले समेटने प्रतिबद्धता व्यक्त गर्दैै यसले समुदायमा गरेको परिवर्तन महत्वपुर्ण भएको बताउनुभएको छ ।

परियोजना संयोजक प्रयाग राज रेग्मीले आफुहरुले कोभिडको समयमा कोरोना रोकथाम र नियन्त्रणको प्रयास गरेको र समुदाय स्तरमा सरसफाइका कार्यक्रम संचालन गरेको भन्दै थोरै भएपनि समुदायलाइ सचेत गर्ने पहल गरेको बताउनुभएको छ । स्तानित तह र वडाहरुलय यसलाइ अभियानकै रुपमा अगाडी लगेमा राम्रो हुने उहाको भनाइ रहेको छ । निडस नेपालका अध्यक्ष अन्जु भट्टले आफुहरुले समाजमा कुनै किसिमको रोग व्याधा नआयोस भन्नका लागि सरसफाइका कार्यक्रम संचालन गरेको भन्दै व्यक्ति स्वस्थ्य रहे समाज स्वसथ्य हुने भएकाले यसमा सबैको सहयोग र भुमिका आवश्यक हुने बताउनुभएको छ । परियोजना यहि मार्च महिनामा सम्पन्न हुने छ ।







