बेदकोट नगर ५ का वडाध्यक्ष विकमाथि कुटपिट गर्ने समुहमाथि कार्बाही गर्न वाईसियलको माग

कञ्चनपुर

कञ्चनपुरको बेदकोट नगरपालिका ५ वडाध्यक्ष गणेश विक (कुसल)लाई कुटपिट गर्ने समुहमाथि योङ्ग कम्यूनिष्ट लिग(वाईसियल)ले माग अघि सारेकोछ । बेदकोट नगरपालिका ५ वडाध्यक्ष विकमाथि समान्य विवाद छलफलका क्रममा स्थानीय व्यवसायी राजेन्द्र बोहरा(राजी) र धनराज बोहरा समुहले वडाध्यक्षमाथि कुटपिट गरेका गरेका छन । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसियल कञ्चनपुरले एक प्रेस विज्ञप्ती जारी गर्दै वडाध्यक्षमाथि कुटपिट गर्ने समुहलाई कानुनी कार्बाहीको माग अघि सारिएको हो ।

वाईसियल कञ्चनपुरका अध्यक्ष शुचित्र शाहद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा दोषि उपर अबिलम्ब कार्बाही नगरि अप्रिय कदम चाल्ने चेतावनी दिएकोछ । कुटपिटबाट घाईते वडाध्यक्ष विकको महाकाली अस्पतालमा उपचार हुन नसकेपछि धनगढीको निसर्ग अस्पतालमा उपचार भईरहेको छ । वडाध्यक्षमाथि कुटपिट गर्ने राजेन्द्र र धनराज बोहरा प्रहरी नियन्त्रणमा छन । पीडित पक्षले लगेर निवेदन दर्ता नभएपछि पीडित पक्षले बिरोधमा छन । कञ्चनपुर प्रहरीले घटना बारे अनुसन्धान भईरहेको जनाएको छ ।

ताजा समाचार