कञ्चनपुर

नाष्टाद्वारा कञ्चनपुरका दुई सामुदायीक बनको पाँच हेक्टर क्षेत्रफलमा जडिबुटी खेती गरिदै छ । आईतबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले दुई सामुदायीक बनको अढाई/अढाई हेक्टर जमिन क्षेत्रफलमा जडिबुटी खेती गर्नका लागि बनका पदाधिकारीलाई जडिबुटीको खेतीबारे तालिम दिएको छ ।

प्रतिष्ठानका डा.दिपाश्री रावलले तालिममा सर्पगन्धा र अश्वगन्धाको व्यवसायीक खेतीबारे, कसरी बोट उमार्ने , बेर्ना उत्पादन, गोडमेल, सिचाई , जडिबुटी स्टोरेज र जडिबुटी ग्रेडिङबारे तालिममा जानकारी दिएका थिए । आईतबार तालिम लिएपछि सोमबार फिल्डमा गएर सर्पगन्धा र अश्र्वगन्धाको बेर्ना राखिने डा. रावलले बताईन । डा. रावलका अनुसार दुवै जडिबुटीको बेर्ना बनाउनकोलागि ३२ केजि विउ प्रतिष्ठानले दिनेछ ।

त्यसैगरी प्रतिष्ठानका अधिकृत डा. भोजराज पन्तले कार्यक्रमको बारेमा जानकारी दएका थिए । प्रतिष्ठानका अधिकृत डा. पन्तका अनुसार अहिले कञ्चनपुरका दुई ओटा सामुदायिक बनमा मात्रै भएपनि विस्तारै अन्य सामुदायीक बनह?मा पनि लागु गरिनेछ । उनकाअनुसार जडिबुटी खेती विस्तारै सुदूरपश्चिमका पहाडि जिल्लाह?मा पनि गर्ने योजना प्रतिष्ठानको रहेको छ । डा. पन्तका अनुसार प्रतिष्ठानले नै प्राविधिक सहयोग देखि लिएर आर्थिक सहयोग गरिरहेको छ ।
