दोधारा चाँदनीमा रात्रीकालिन टि–२० क्रिकेट प्रतियोगिताको तयारी


दोधारा 
खेल क्षेत्रको विकास र प्रवद्र्धनका लागि दोधारा चाँदनीमा रात्रीकालिन टि–२० क्रिकेट प्रतियोगिता सूरु हुदैछ । खेल क्षेत्रको विकास र प्रवद्र्धनका लागि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा दोस्रो पटक रात्रीकालिन टि–२० क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी जुटेको आयोजक संस्था शिद्धनाथ युवा क्लब दोधारा चाँदनीले जनाएको छ् ।

टि–२० क्रिकेट प्रतियोगिता आउदो ११ गते संचालनको तयारीमा आयोजक संस्था शिद्धनाथ युवा क्लब जुटेको छ् । नगरपालिकाको वडागतरुपमा प्रतियोगितामा समाबेसको हुन पाईने छ भने नगरपालिकाका बाहिरको ३ जना खेलाडी टिममा सहभागी हुनसकिने बताईएको छ् । प्रतियोगितामा बिजता टिमलाई रु. ७० हजार नगद सहित प्रमाण पत्र र मेडल प्रदान गरिने छ भने, उपबिजयता टिमलाई रु. ३० हजार नगद र प्रमाण पत्र र मेडल प्रदान गरिने ब्यवस्था गरिएको शिद्धनाथ युवा क्लब दोधारा चाँदनीका प्रतिनिधी रमेश चन्दले जानकारी दिएका छन् ।

टिम दर्ता आउदो ९ गते सम्म राखिएको छ् । प्रतियोगितालाई सभ्य तथा भब्य बनाउन आयोजक संस्था जुटेको छ् । साबिकको चाँदनी गाबिस कार्यालयको खुला मैदानमा संचालन हुने भनिएको रात्रीकालिन टि–२० क्रिकेट प्रतियोगितालाई दोधारा चाँदनी नगरपालिका वडा नं. ४ वडा कार्यालयले सघाउने भएको बताईएको छ् ।


ताजा समाचार

spot_img