दोधरा
दोधारा चाँदनीका दलित समुदायका बिद्यार्थीहरुलाई लोक सेवा आयोगको तयारी कक्षा आज सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा दलित समुदायका छात्र/छात्रालाई लक्षित गरि ९० घण्टे लोक सेवा आयोगको तयारी कक्षा सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका नगर कार्यपालिकाका सदस्य नन्दलाल सुनारले जानकारी दिएका छन् ।
निजामति सेवा तिर आकर्षक बढदै गइरहेको अवस्थामा दलित समुदायको जिवन स्तर उकास्न उक्त कार्यक्रम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका नगर कार्यपालिकाका सदस्य नन्दलाल सुनारले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाका बिभिन्न बिद्यालयमा अध्यनरत ३५ जना बिद्यार्थीहरु तालिममा सहभागी भएका थिए ।

नगरपालिका बाहरी गएर तयारी गर्न समस्या तथा बाहिर वसेर तयारी गर्दा बेहोर्नु पर्ने आर्थीक समस्या खेप्नु परेकाहरुका लागी दोधारा चाँदनी नगर क्षेत्रमानै लोक सेवा आयोगको तयारी कक्षा संचालन गरिएको हो । दोधारा चाँदनी नगरपालिका कार्यालयको आर्थिक सहयोग र लाली गुरास सास्कृतिक पर्यटन बिकास केन्द्र तथा दोधारा चाँदनी नगरपालिका नगर कार्यपालिकाको आयोजनामा ९० घण्टे लोक सेवा आयोगको तयारी कक्षा सम्मपन्न भएको हो । निजामति सेवामा जागिर खाने ईच्छा हुदा हुदै पनि आर्थिक अभावमा दलित समुदायका किशोर, किशोरीहरु बाहिर गएर अध्ययन तयारी गर्न नसक्ने भएका कारण दोधारा चाँदनी नगरपालिका कार्यालयले योजना निमार्ण गरि कार्यान्वन गरेको हो ।

प्रशक्षिकमा रामचन्द्र अवस्थी, प्रमानन्द नाथ र दिवाकर भट्ट रहेका थिए । आज एक कार्यक्रमको बिच ९० घण्टे लोक सेवा आयोगको तयारी कक्षा सम्पन्न गरिएको हो । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बिद्यार्थीहरुलाई सफलताको कामना गरेका छन् ।







