महेन्द्रनगर

चुरा चुरा भएर भाचिएको खुट्टाको शल्यक्रियामा महाकाली अस्पतालले सफलता पाएको छ । दार्चुलाको लेकम गाउँपालिका–६ स्थीत भएको जिप दुर्घट्नामा दुवै खुट्टाका हड्डिी चुरा चुरा भएर महाकाली अस्पतालमा भर्ना भएकी ७५ बर्षिया पन्तको झण्डै आठ घण्टाको समय लगाएर शल्यक्रिया गरिएकोमा सफलता मिलेको शल्यक्रियामा संलग्न डा. विरेन्द्र बुडालले बताए ।


डा. बुडालका अनुसार शनिबार बिहान ११ बजे सुरु गरिएको शल्यक्रिया बेलुकी ७ः०० बजे सफतापूर्वक सम्पन्न भएको थियो। गम्भीर रूपले घाइते भएकी ७५ वर्षीया महिलालाई महाकाली अस्पतालको आइसियु मा राखी उपचार भइरहेको रहेको थियो । उनको स्वास्थ्य अवस्थामा सामान्य सुधार आएपछि २९ गते शनिबार बिहान ११ बजे सुरु गरिएको शल्यक्रिया बेलुकी ७ः०० बजे सफतापूर्वक सम्पन्न भएको थियो।

उक्त महिलाको दुबै खुट्टाको हड्डीहरु टुक्रा टुक्रा भएर सबैलाई मिलाएर जोड्नु निकै नै कठिन भएकाले अप्रेशन समय लम्बिएको थियो भने ७५ वर्षिया वृद्धा अवस्थाका बिरामीलाई ८ घन्टा सम्म बेहोस पार्नु पनि निकै चुनौती रहेको महाकाली अस्पतालका एनेस्थेसिया तथा आइसियु विभागिय प्रमुख बिशेषज्ञ डा. बिरेन्द्र सिंह बुडालले जानकारी दिनुभयो।






