कञ्चनपुर

सुदूरपश्चिमाञ्चल विश्वविद्यालये विभिन्न संकायमा शुल्क बृद्धि गरेको बिरोधमा काँग्रेस निकट नेवि संघ बिरोधमा उत्रिएको छ । विश्वविद्यालयले शुल्क बृद्धि गरेसंगै नेवि संघ बिरोधमा उत्रिएको हो । नेवि संघल आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै चर्को शुल्क, परीक्षा शुल्क बृद्धि गरेर विद्यार्थीलाई मारमा पारेको जनाएको छ । ‘सुदूरका जनताका छोराछोरीले सहज, सहुलियत र गुणस्तरिय शिक्षा पाउनुपर्ने ठाँउमा विभिन्न बाहनामा गरिएको चर्को शुल्क बृद्धिले गरिब जनताका छोरोछारीको उच्च शिक्षा हाँसिल गर्ने सपना माथि तुषारापात गरिएको छ, ‘विज्ञप्तीमा भनिएको छ, ‘कोरोनाका कारणले आर्थिक रुपमा ग्रासित अभिभावकको ढाड सेक्ने कार्य गरिनु निन्दनिय छ ।’

नेवि संघले आगिक क्याम्पसमा संचालित विभिन्न संकायका कार्यक्रमका प्रवेस परीक्षामा समेत अनियमितता, अपारर्दीता गरिएको आरोप लगाएको छ । गत २४ फागुनमा लिईएको बिबिए तर्फको परीक्षा नतिजा समेत रोकेर विद्यार्थीमाथि खेलवाड गरेको नेवि संघको ठहर छ । नेवि संघ निर्वतमान केन्दीय सदस्य तथा सुप विश्वविद्यालय समन्वय समितिका संयोजक कैलाश चन्दद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा बिबिए प्रवेस परीक्षाको छानबिन गरि दोषि उपर कार्बाही र बृद्धि गरिएको शुल्क फिर्ता नभए आन्दोलनको चेतावनी दिएका छन । विश्वविद्यालय पूर्ण सरकारी भएपनि गरिबका सन्तानलाई निःशुल्क पठाउ भनेर सरकारले बजेट प्रबन्ध गरिदिएपनि हरेक बर्ष विद्यार्थीलाई मार पर्ने हिसाबले शुल्क बृद्धिप्रति नेवि संघले घोर आपत्ति जनाएको छ ।

विश्वविद्यालयले भने शुल्क बृद्धि नगरिएको जनाएको छ । सुप विश्वविद्यालयका रजिष्ट्रार गोबिन्द विष्टले आंगिक क्याम्पसको शुल्क समायोजन गरिएको बताए । ‘हामीले शुल्क बृद्धि गरेको होईन, ‘उनले भने, ‘समायोजनमा आएका क्याम्पसको शुल्क फरक फरक भएकाले समायोजन गरेका हौँ ।’ बिबिए तर्फको प्रवेस परीक्षाको रिजल्ट बारे कही फैफियत देखिएकाले पुन गरिने बताए । कोरोना पछि शान्त रहेको सुप विश्वविद्यालयमा शुल्क बृद्धि र प्रवेस परीक्षा रिजल्ट प्रकरणबाट झन विवादमा आएको छ ।






