कञ्चनपुर ,
युरोपियन यूनियनको आर्थिक सहयोग,ब्रिटिश काउन्सिलको व्यवस्थापन र निड्स नेपालले संचालन गरेको वजारमा आधारीत प्राविधिक तथा व्यवसायीक सिप (दक्षता) परियोजना कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं १० का २० जना युवाहरुलाई ३९० घण्टे (आई.पि.एम. )पद्धतिमा आधारित ३ महिने वैमौसमी तरकारी खेती तालिमकाे उदघाटन गरिएकोे छ ।

तालिम उदघाटन कार्यक्रमको अध्यक्षता पुनर्वास नगरपालिका वडा नं १० का अध्यक्ष श्रि सुकदेव राना ज्युले गर्नुभएको थियो भने प्रमुख अतिथी पुनर्वास नगरपालिका का नगर प्रमुख जीवन राज थापा रहनु भएकाे थियाे ।

कृषिमा आधारित रहेर तालिम अवधीमा सिकेका कुरा व्यवहारमा उतार्ने तालिमका सहभागीहरु ले बताएका छन्। नगरपमुख थापा ले तालिमले कृषि उत्पादन र व्यवसाय वृद्धिमा टेवा पुग्ने र आगामी दिनमा यो क्षेत्रमा विशेष कृषि उत्पादनमा जोड दिन आग्रह गर्नुका साथै नगरपालिका देखि हुने र आइपर्ने सहयोग निरन्तर रहि रहने प्रतिबद्धता समेत गर्नु भएको छ।

कार्यक्रम सुदूरपश्चिम प्रदेशका तीन जिल्ला कञ्चनपुर,कैलाली र बझांगमा संचालित रहेको संस्था मार्फत जानकारी दिएको छ। कायकममा िनडसका उपाध्यक्ष लाेकेन्द्र प्र.जाेशी, प्रशिक्षकहरू तथा संस्थाका विनाेद कडारा, मनराज उपाध्याय अादिकाे उपस्थिति रहेकाे िथयाे ।






