दुर्घटना न्यूनीकरण गर्न दोधारा चाँदनीमा ट्राफिक प्रहरीको सक्रियता बढ्यो


दोधारा 

दोधारा चाँदनीमा अस्थायी ट्राफिक प्रहरी पोष्ट दोधारा चाँदनीले सडक दुर्घटना न्युनिकरण गर्न कारबाही तीव्र पारेको छ् । धेरै समय देखि सवारी साधनको नवीकरण नगरिएको कतिपय चालकको अनुमति पत्र नभेटिएको, हेल्मेट नलगाएको र ईजाजत बिना सवारी साधन चलाउने माथी कारबाही तीव्र पारिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट दोधारा चाँदनीले जनाएको छ् । प्रहरीले मंसिर, पौष, माघ र फागुन महिनामा रु. १ लाख ७८ हजार ५ सय राजस्व संकलन गरेको छ् ।

No description available.

अस्थायी ट्राफिक प्रहरी पोष्ट दोधारा चाँदनीले ३ सय २७ सवारी साधन माथी कार्वाही गरि उक्त राजस्व संकलन गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट दोधारा चाँदनीका ट्राफिक प्रहरी पदम राज भट्टले जानकारी दिएका छन् । ट्राफिक व्यवस्थापनलाई सहज तुुल्याउन र दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले अभियान शुरु गर्दै आएको छ् । ट्राफिक सचेतना अवधारणालाई नागरिक सम्म पु¥याउने, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्ने, सडक प्रयोगकर्ता संगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले दोधारा चाँदनीमा अस्थायी ट्राफिक प्रहरी पोष्ट दोधारा चाँदनीले अभियानकोरुपमा अघि बढेको छ् । सडक दुर्घटना न्युनिकरणको लागी प्रहरीले दोधारा चाँदनी नगरपालिकाका मुल सडक खण्ड लगाएत भित्री सडकहरुमा चेकपोष्ट थापेर सवारी साधन चेक जाँच गर्दै आएको छ् ।

प्रहरीले दोधारा चाँदनीका बिभिन्न बिद्यालयमा ट्राफिक सचेतना फेलाउनुको साथै बिभिन्न स्थानमा फ्लेक्सी ब्यानर टाँगेर सडक दुर्घटना न्युनिकरणको लागी स्थानियहरुलाई सचेत गर्दै आएको छ् । ट्राफिक नियमको व्यावहारिक प्रयोग, मर्यादित सवारी हकाई, कानूूनलाई आत्मसात गर्ने प्रवृत्तिलाई प्राथमिकतामा राखी सडकमा हुने लापरवाहीलाई न्यूनीकरण गर्न अभियानकोरुपमा संचालन गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट दोधारा चाँदनीले बिश्वास लिएको छ् । अभियानका क्रममा बिद्यालयहरुमा पर्चा पम्प्लेट वितरण र श्रव्य दृष्य प्रदर्शनी ट्राफिक नियम बारे सचेतना दिने कार्य भईरहेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले जानकारी दिएका छन् ।

सडकमा अनुुशासनको पालना नगर्ने, नागबेली पारेर सवारी साधन कुुदाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, मोबाईलमा कुरा गरेर सवारी दौडाउने र तीव्र गतिमा मोटर साईकल हाँक्नेनै बढी दुर्घटनामा पर्ने गरेको ईलाका प्रहरी कार्यालयको अध्ययनले देखाएको छ् । नगरपालिकाका सडक दुर्घटना न्युनिकरणका मुल सडक खण्डमा नियमित सवारी साधान चेक जाँच कडा बनाउदै आएको ट्राफिक प्रहरी खेमराज भट्टले बताएका छन् । सडकहरुमा बिना हेल्मेट, बिना कागजात सवारी साधन चलाउने चालकहरुलाई पहिलो पटक सम्झाई बुझाई गर्ने, नमाने आवश्यक कारवाही गर्ने अभियान समेत सुरु गरेको ट्राफिक प्रहरी खेम राज भट्टको भनाई छ् । जसले गर्दा सडक दुर्घटनामा कमी आउनुको साथै राजस्व संकलनमा समेत बृद्धि हुने भएको उनको भनाई रहेको छ् ।


ताजा समाचार

spot_img