दोधारा चाँदनीमा प्रहरीद्धारा अबैध कुखुरा र माछा बरामद


दोधारा

प्रहरीले नेपालमा प्रतिबन्धित पंकज जातको माछा र कुखुरालाई दोधारा चाँदनीमा भारतबाट ल्याउदै गरेको अवस्थामा बरामद गरि नष्ट गरेको छ । दोधारा चाँदनी नगरपालिका वडा नं. ८ धामीटोल नजिक भारतबाट ल्याउदै गरेको पंकज जातको माछा र बोईलर कुखुरा बरामद पछि नष्ट गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । मानव स्वास्थ्य र वातावरणलाई प्रतिकुल असर पुग्ने प्रतिबन्धित कुखुरा र पंकज जातका माछा बरामद गरी नष्ट गर्ने अभियान शुरु गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले जानकारी दिएका छन् ।

प्रहरीले दोधारा चाँदनी नगरपालिकाको धामी टोल नजिक सिमावर्ती भारतिय बजार क्षेत्रबाट ल्याउदै गरेको अवस्थामा झण्डै ८० केजी पंकज जातको माछा र ९० केजी बोईलर कुखुरा बरामद पछि नष्ट गरेको हो । नगरपालिका क्षेत्रमा प्रहरीले भारतबाट लुकीछिपी ल्याएका अबैध समान माथी समेत थप कडाई गरेको छ् । प्रहरीले सिमा क्षेत्रमा हुदै आएको तस्करीलाई पुर्णरुपमा रोक लगाउन थालेको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले अबैध समान रोक्न सिमा क्षेत्र थप कसिलो बनाउन थालेको छ् ।

आज अपरान्ह ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको एक गस्ती टोलीले धामी टोलमा भारतबाट ल्याउदै गरेको अबैध माछा र कुखुरालाई बरामद पछि नष्ट गरेको हो । प्रहरीको गस्ती टोलीलाई देखेर तस्करहरु माछा र कुखुरालाई छाडेर भागेको बताईएको छ् । स्थानिय, पत्रकार तथा जनप्रतिनिधीको रोहवरमा बरामद माछा र कुखुरालाई नष्ट गरिएको प्रहरीले जनाएको छ् ।

 


ताजा समाचार

spot_img