प्रदेश स्तरीय विशेष खेलकुद प्रतियोगिता सम्पन्न 


  • कञ्चनपुर,

फागुन २९ गते शनिबारका दिन भएको विशेष खेलकुद प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । शनिबार भएको खेलमा दौड, बोसिया खेल लगायत विभिन्न खेलको आयोजना गरेको थियो ।

समाजिक विकास मन्त्रालय लुम्बीनि प्रदेशको आर्थिक सहयोगमा र सुस्म मनस्थिती बालविद्या मन्दिर बुटवल रुपन्देहीको आयोजना गरेको उक्त प्रतियोगितामा भैरहवा, सैनामैना, बुटवल, दाङ्ग घोराही, नवलपरासी, रुद्रपुर, बार गंगा कपिलवस्तु र अर्घखाँची लगायतका ९ वटा विद्यालयहरुको सहभागीता रहेको थियो ।

जसमा बोसियाका १२ जना खेलाडी लगायत जम्मा १३० जनाको सहभागिता रहेको थियो । बोसिया खेलमा सिपीतिर रुप आत्रेय र विजय खनाल प्रथम, मन्जु कंडेल र सन्तोष पुन द्वितिय स्थान हासिल गरेका छन् ।त्यसैगरी अर्को बौद्धिक तर्फ जुनु टन्डन, र विश्वास बेल्वासे प्रथम, द्वितिय स्थान हासिल गर्नेमा विभुति पाण्डेय र अर्चना के.सी रहेका छन् ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले खेलकुद प्रतियोगिताको उद्दघाटन गरेका थिए भने मस्तिष्क पक्षघात (सिपि) अति अशक्त भएकाहरु बिच खेलिने खेल बोसियाका नवलपरासी सुस्ता पुर्वका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक र सुस्तमनस्थिती बालविद्या मन्दिर बुटवल रुपन्देही संस्थाका अध्यक्ष लोकनाथ भुुुसालले गर्नु भएको थियो, स्वागत मन्तव्य सुस्तमनस्थिती बालविद्या मन्दिर बुटवल रुपन्देही संस्थाकी प्राधानाध्यापक मिना भुषाल पाठकले गर्नु भएको थियो । एथलेटिक्स खेलका राष्ट्रिय प्रशिक्षक बुद्धिमान गुरुङ लगायत र बोसि खेलको प्रशिक्षकमा नेपाल बोसिया संघका अध्यक्ष गोमा देवि पौडेल ,महासचिव देवकुमारी पराजुली रहनु भएको थियो।

शनिबार विहान शुरु भएको प्रतियोगिता बेलुका एकै दिनमा लुम्बीनी प्रदेशका समाजिक विकास मन्त्री सुर्दशन बरालको प्रमुख अतिथिमा प्रतियोगिताको समापन गरिएको थियो। कार्यक्रममा बोल्दै मन्त्री बरालले आफुले अति अशक्त अपाङ्गता भएका खेलकुद क्षेत्रमा आफ्नो र मन्त्रालयको सधै साथ सहयोग रहने प्रतिबद्धता समेत गर्नु भएको थियो। कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघको संघीय सदस्य एवं बोसिया संघको महासचिव देबु पराजुलीले अपाङ्गता भएका खेलाडीहरु लाई बाल्यकाल देखि नै खेलमा समावेश गर्नु पर्नेमा विशेष जोड दिनु भएको छ।

कार्यक्रममा प्रदेश पाराओलम्पिक कमिटीका सचिव सावित्रा घिमीरे, विश्व हिन्दु महासंघका नगर अध्यक्ष चन्द्र मान श्रेष्ठ, नपाल अपाङ्ग महिला संघका सदस्य कल्पना ढकाल लगायत खेलाडी खेलप्रेमिको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन सुस्तमनस्थिती बालविद्या मन्दिर बुटवल रुपन्देही संस्थाका सचिव पिताम्बर खरेलले गर्नु भएको थियो ।


ताजा समाचार

spot_img