नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघ कञ्चनपुरको जिल्ला प्रतिनिधी सभा सम्पन्न


कञ्चनपुर

नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघ कञ्चनपुरको जिल्ला प्रतिनिधी सभा सम्पन्न भएको छ । शनिबार महेन्द्रनगरमा शिक्षक संघ कञ्चनपुरको २१/२२औँ जिल्ला प्रतिनिधी सभा सम्पन्न भएको हो । ‘शिक्षकको मर्यादित पेशा विद्यार्थीलाई जीवनोपयोगी शिक्षा’ मुल नाराका साथ सभा आयोजना गरिएको थियो । सभामा काँग्रेस निकट शिक्षक संघ संगठनका पदाधिकारीले शिक्षिक समाज, देश निर्माणका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने गरेको बताएका छन ।

शिक्षक अध्यारोबाट ज्योति फैलाउने शक्ति भएपनि वर्तमान सरकारले सामुदायिक सरकारी शिक्षामा वेवास्ता गरेको टिप्पणी गरेका छन । वर्तमान कम्यूनिष्ट सरकारले शिक्षा क्षेत्र सुधारको साटो धरासायी बनाउने काम गरेको शिक्षक संघका नेताहरुको आरोप छ । गरिब, सर्वहारा मजदुरका लागि कम्यूनिष्ट भनेर ठूल ठुला नारा छाड्ने तर, सरकारी सामुदायिक विद्यालयमा शिक्षक संघकै पहलमा बाल विकास, विद्यालय कर्मचारीलाई न्यूनतम पारिश्रमिक बृद्धि गर्ने प्रस्ताव रहेको बताएका छन । तर, मजदुर सरह ज्याला समेत नदिएको भन्दै आपत्ति जनाएका छन । शिक्षक संघले नै ल्याएको बाल विकास, विद्यालय कर्मचारीको न्यूनतम पारिश्रमिक कम्यूनिष्ट सरकारले पालना नगरेको भन्दै उनीहरुले आपत्ति जनाएका छन ।

गरिब सर्वहारा भन्दै सम्भान्त वर्गका लागि कम्यूनिष्ट सरकारले काम गरिरहेको काँग्रेस निकट शिक्षक संघको ठहर छ । राहत शिक्षक, अस्थायी र स्थायीका पनि पेशागत हक अधिकार, सामुदायिक विद्यालयको बृद्धि विकास भन्दा निजी विद्यालय तर्फ सरकारले ध्यान दिएको समेत बताएका छन । अन्र्तराष्ट्रिय श्रम संघ संगठनले निर्धारण गरे अनुरुप पनि कम्यूनिष्ट सरकारले विद्यालयमा बषौँदेखि काम गरिरहेका बाल विकास र विद्यालय कर्मचारीलाई पारिश्रमिक दिन नसकेको दुखेसो पोखेका छन । पुर्व शिक्षक नेता एव टे«ड यूनियन काँग्रेस सुदूरपश्चिम प्रदेशमा अध्यक्ष सिद्धराज भट्टले एउटा मजदुरले दैनिक काम गरे बाफत ४ सय ४८ रुपैया न्यूनतम ज्याला पाउँछ, तर बाल विकास र विद्यालय कर्मचारीले अझै पनि मजदुर सरह पनि ज्याला नपाएको बताए ।

सामुदायिक विद्यालयको बृद्धि विकासका लागि बाल विकासका शिक्षक र विद्यालय कर्मचारीको समेत योगदान हुने भएकाले सरकारले त्यसलाई वास्ता नगरेको बताए । नेपाल शिक्षक संघ सुप प्रदेशका अध्यक्ष बिर्ख बहादुर मल्लले राहत शिक्षक, बाल विकास, विद्यालय कर्मचारी तलब बृद्धिका साथै समग्र शिक्षकको पेशागत हकहितका लागि संघले पहल गर्ने गर्दै आएको बताए । संघकै पहलमा बाल विकास, विद्यालय कर्मचारीलाई न्यूनतम पारिश्रमिक दिने भनि सरकारले सम्झौता गरेपनि हालसम्म नदिएकोप्रति दुखेसो पोखे । नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरि प्रशाद बोहराले शिक्षकको समाज विकासका लागि महत्वपूर्ण भूमिका हुने भएकाले सरकारले शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने र समाजिक सुुरक्षाको ग्यारेन्टी लिनुपर्ने बताए । संविधान सभा सदस्य बहादुर सिह थापाले शिक्षा क्षेत्रका समस्या हल गर्दै देश विकासमा जुट्नुपर्नेमा जोदिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाली काँग्रेसका केन्दीय सदस्य एनपी साउदले काँग्रेस सरकारमा गए बाल विकास, विद्यालय कर्मचारीको तलब बृद्धिका साथै समग्र शिक्षको पेशागत हकहित र समाजिक सुरक्षा कायम गरिने नेता साउदले उद्घोष गरेका छन । पुर्वमन्त्री समेत रहेका काँग्रेस नेता साउदले शिक्षामा सुधार आवश्यक रहेको औल्याए । त्यसका लागि सरकारले लगानी बृद्धि गर्नुपर्नेमा सुझाव दिए । उनले नयाँ पारुपका लागि निजी क्षेत्रसंग समेत सहकार्यमा जोडदिदै एकिकृत धारणाका लागि समयसापेक्ष पाठ्यक्रम निर्माण हुनुपर्ने बताए । ‘सामुदायिक विद्यालयको गुणस्तरबृद्धिका लागि पार्टीका तर्फबाट पहल गर्छु, ‘उनले भने, ‘शिक्षकको पेशागत एक रुपता कायम गर्छु ।’ कार्यक्रममा शिक्षक संघले क्रियाशिल र बरिष्ठ शिक्षकको प्रमाण पत्र दिएका छन ।

शिक्षक संघ कञ्चनपुरका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक संघका जिल्ला सचिव नविन बहादुर धामीले गरेका थिए । कार्यक्रममा जिल्लाभरीका शिक्षक संघका नेता कार्यकर्ता, प्रतिनिधीको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img